Navigation
Photo Gallery

खेलाडीद्वय लाई भेटघाट तथा बिदाइ कार्यक्रम सम्पन्न

Feb 04, 2025

खेलाडीद्वय लाई भेटघाट तथा बिदाइ कार्यक्रम सम्पन्न।

कतारको राजधानी दोहामा २०२५ जनवरी २४ देखि २६ सम्म भएको महिला तथा पुरुष EPEE Grand Prix 2025 DOHA मा सहभागी हुन नेपालको प्रतिनिधित्व गर्दै कतार आउनु भएका फेन्सिङ खेलाडीद्वय भिष्मराज दाहाल (टार्जन) ज्यू र सागर थापा ज्यू लाई गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको तर्फबाट भेटघाट तथा बिदाइ कार्यक्रम नेपाली राजदूतावासको सभाहलको सभाहलमा सम्पन्न भएको छ। कार्यक्रममा एनसीसी अध्यक्ष श्री रमेश भट्टज्यू , कतारका लागि नेपाली राजदूत महामहिम श्री रमेश चन्द्र पौडेलज्यू, आइसीसी सदस्य दिपजंग शाह ज्यू , एनसीसी अनुशासन समिति प्रमुख क्रान्ति सिं ज्यू लगायत अन्य एनसीसी पदाधिकारीहरुको उपस्थिति रहेको थियो। कतारमा रहुन्जेल २ जना खेलाडीलाई खान र बस्न एनसीसी कतारले ब्यबस्थापन गरेको थियो।

रबिन मगर

महासचिव

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतार।