Navigation
Photo Gallery

नेपाली राजदूतावास दोहा कतारको आयोजना र गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको समन्वय र संयोजनमा श्रमिक सुरक्षा तथा जनचेतना सम्बन्धी अभिमुखीकरण कार्यक्रममा अध्यक्षता गर्नु हुने महामहिम राजदुत डा: नरेश बिक्रम ढकाल ज्यु, राजदुतावास परिवार, आईसीसी संस्थापक सदस्य ज्यू, पुर्व सल्लाहकार ज्युहरु, आईसीसी पुर्व पदाधिकारी ज्युहरु, आईसीसी सदस्य ज्यूहरु, एनसीसी पूर्व अध्यक्ष ज्यूहरु, निबर्तमान आईसीसी मानार्थ परिषद सदस्य ज्यूहरु, पुर्ब आईसीसी सदस्य ज्यूहरु, एनसीसी प्रमुख सल्लाहकार ज्यू, र सल्लाहकार ज्यूहरु तथा एनआरएनए अभियन्ता ज्युहरु, कतारमा स्थापित सम्पुर्ण नेपाली संघ-संस्थाका प्रमुख तथा प्रतिनिधि ज्यूहरु, सामाजिक अभियान्ता ज्यूहरु, कलाकार ज्यूहरु, खेलाडी ज्यूहरु, पत्रकार ज्यूहरु, साथै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु प्रति हार्दिक धन्यवाद सहित आभार ब्यक्त गर्दछौ। बिशेस गरेर अभिमुखीकरण कार्यक्रमका प्रसिक्षक ज्युहरु प्रति हार्दिक आभार ब्यक्त गर्दछौ।

श्रमिकहरुका लागि अत्यन्त महत्वपूर्ण श्रमिक सुरक्षा तथा जनचेतना सम्बन्धी अभिमुखीकरण कार्यक्रम आयोजना गर्नुहुने नेपाली राजदूतावास दोहा कतार लाई हार्दिक आभार व्यक्त गर्दै सो कार्यक्रम समन्वन र संयोजन गर्ने अवसर दिनु भएकोमा गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतार हार्दिक कृतज्ञता प्रकट गर्दछौ।

संन्दिप कुमार भट्टराई, तृतिय उपाध्यक्ष

संयोजक श्रमिक सचेतना परामर्श विभाग

तथा गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतार परिवार ।