एनआरएनए कतारद्वारा ५ जना महिलालाई स्वदेश फिर्ता
दोहा : गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारले अलपत्र ५ जना नेपाली महिला लाई स्वदेश फिर्ता गर्न सफल भएको छ ।
४ महिना अगि वेटर र क्लिनिङ कामको लागि आएका ५ जना दिदी -बहिनीलाई एनसिसि कतारको श्रमिक बिभागद्वारा उद्दार गरिएको हो ।
Rational Overseas PVT.LTD म्यानपावर बाट कतार आइ, यहाँको एक नेपाली ( SEVA BEST क्लिनिङ हस्पिटालिटी ) कम्पनीमा अलपत्र परिरहेको भन्ने सुचना प्राप्त भएको र सोही सूचना अनुसार , एनसीसीको श्रमिक बिभागले कतारको कानुन अनुसार आवस्यक प्रक्रिया र टिकटको समेत ब्यावस्था गरि नेपाल पठाउन सफल भएको हो ।
१५ डिसेम्बरमा तीन जना र आज २ जनवरि २०२४ का दिन दुइगरि जम्मा ५ जना महिला दिदिबहिनी लाई नेपाल पठाउन सफल भएको श्रमिक बिभागका उप - संयोजक बिक्की गैरेले जानकारी गराए ।
भीषा अवधि सकिएको,कम्पनी बाट भागेको लगायत केशले गर्दा सोहिदिन एअरपोर्ट बाटनै फर्कनु परेको थियो ! तर आज सबै प्रक्रिया पुरागरि नेपाल फर्काउन सफलभएको एनसीसी कतारका प्रथम उपाध्यक्ष तथा श्रमिक बिभाग प्रमुख कृष्ण पन्थीले जानकारी गराए ।