गैरआवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको २०१५—२०१७ का लागि प्राप्त आवेदनहरु मध्ये प्रमाणिकरण भएका २८०८ आवेदकहरुलाई संघको निर्देशिका बमोजिम दर्ता गरी पंजिकृत सदस्यहरुको नामावलीको यसै सुचनाका साथ प्रकाशित गरिएकोछ ।
विश्वव्यापी संजालरहेको नेपालीहरुको साझा संस्थाकोे पंजिकृत सदस्य लिनुहुने तथा नविकरण गर्नुहुने सम्पूर्ण सदस्य ज्यूहरुमा हार्दिक बधाई ज्ञापन गर्दै आशन्न छैठांै राष्ट्रिय महाधिवेशन तथा संघले आगामी दिनहरुमा संचालन गर्ने सम्पूर्ण गतिविधिहरुमा यहाँहरुको सकरात्मक तथा रचनात्मक सहभागिताको अपेक्षा सहित हार्दिक शुभकामना व्यक्त गर्दछौं ।
प्राप्त आवेदनहरुलाई जाँच, सम्पादन तथा अद्यावधिक गरेरे नामावलीलाई अन्तिम रुप दिनका लागि करिब १ महिना सम्म निरन्तर मेहनत गर्नुहुने एनसीसी कार्यसमितिका मित्रहरु प्रति हार्दिक धन्यवाद ज्ञापन गर्दछौं । त्यसै गरी सहयोग तथा सुझाव साथमा आवेदन संकलनकार्यको पर्यवेक्षण गरिदिनुहुने आइसीसीका पदाधिकारी ज्यूहरु, पुर्व पदाधिकारी ज्यूहरु, एनसीसीका सल्लाहकार ज्यूहरु, पुर्व अध्यक्ष ज्यूहरु, पुर्व महासचिव ज्यूहरु लगायत सम्पूर्ण अग्रजहरु प्रति आभार व्यक्त गर्दछौं ।
धन्यवाद ।