Navigation
Other Activity

चौथो तथा अन्तिम राष्ट्रिय परिषद भेला सम्पन्न छैठौ राष्ट्रिय महाधिवेशन आगामी १४ अगष्टमा हुने

Sep 22, 2023

एनआरएनए एनसीसी कतारको ३ अप्रिल २०१५मा  सम्पन्न्न चौथो तथा अन्तिम राष्ट्रिय परिषद भेलाले संघको छैठौ राष्ट्रिय महाधिवेशन आगामी १४ अगष्ट २०१५ मा गर्ने निर्णय गर्दै नया परिषद् गठनको कार्यतालिका  तय गरेकोछ । जस अनुसार २०१३–१५को परिषद् भंङ्ग भई २०१५–२०१७ को लागि सदस्यता आवेदन आह्वान गरिएकोछ । आगामी २९ मई लाई सदस्यता आवेदन दिने अन्तिम मिति, १० जुनमा आवेदकहरुको प्रारम्भिक नामावली प्रकाशन, ११ देखि १७ जुन सम्म आवेदकहरुमाथि दावि विरोध तथा २५ जुन सम्ममा २०१५–१७ को लागि पंजिकृत सदस्यहरुको अन्तिम नामावलि प्रकाशन गरि निर्वाचन समितिलाई हस्तारन्तरण गर्ने योजना तय गरेकोछ ।