Navigation
Other Activity

सचिव सहित ३ सदस्य पदमुक्त, अन्तिम राष्ट्रिय परिषद् बैठकको मार्च १३ मा

Sep 22, 2023

सचिव सहित ३ सदस्य पदमुक्त, अन्तिम राष्ट्रिय परिषद् बैठकको मार्च १३ मा गैरआवासीय नपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारका सचिव धर्मदेव मण्डल सहित सदस्यद्धय आइबहादुर खत्री तथा महेन्द्र कुमार भुजेल लामो समय देखि कतार बाहिर रहेको र संस्थाका बैठक तथा गतिविधिहरुमा अनुपस्थित रहेको कारण विधान बमोजि आफ्नो पदबाट मुक्त हुनुभएकोछ । ९ जनवरीमा बसेको एनआरएनए एनसीसीको बैठकले निर्णय गरी सो जानकारी उहाँहरुलाई पठाएकोछ ।

 त्यसै गरी एनसीसी कतारले २०१३–२०१५को चौथो तथा अन्तिम परिषद् भेला आगामी १३ मार्च २०१५मा गर्ने निर्णय समेत गरेकोछ । सो भेलाले निर्देशिका संसोधन समितिको संसोधन प्रस्तावमाथि छलफल गर्नुका साथै राष्ट्रिय परिषद् भंग गरी आगामी कार्यकालको लागि पंजिकृत सदस्यताको आह्रवान तथा छैठौ राष्ट्रिय महाधिवेशनको मिति तय समेत गर्नेछ । त्यसै गरि आफ्ना कार्यक्रमहरुको समिक्षा गर्ने क्रममा दुतावासमा संचालित एनआरएनए परामर्श केन्द्रले हाल सम्म करिब ७५ हजार सर्वसाधरणहरुलाई सेवा प्रदान गरिसकेको र त्यसलाई थप प्रभावकारी बनाउन दुतावासका कर्मचारीहरुसँग चाडै नै अन्तरक्रिया गर्ने निर्णय समेत गरेकोछ ।