Navigation
Other Activity

१२ औ स्थापना दिवस तथा एनआरएनकप फुटबल २०१४को समापन

Sep 22, 2023

१२ डिसेम्बर २०१४, दोहा, गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारको १२औ स्थापना दिवस तथा एनआरएन कफ फुटबल २०१४को समापन समारोह गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्का अध्यक्ष शेष घलेको प्रमुख आतिथ्यतामा सम्पन्न भयो । 

एनआरएनए एनसीसी कतारका अध्यक्ष मक्सुद आलमको सभापतित्वमा सम्पन्न सो समारोहमा नेपाली राजदुतावास दोहा कतारका द्धितिय सचिव नितेश सापकोटा, एनआरएनए आइसीसीका उपाध्यक्ष टि. बि. कार्की, महासचिव कुमार पन्त, मध्यपुर्व क्षेत्रीय उप–संयोजक पूर्ण के सी, संस्थापक उपाध्यक्ष देवकाजी डंगोल, सल्लहकार नरेन्द्र भाट, आइसीसी सदस्यद्धय अमृत गुरुङ तथा उमेश अधिकारी, एनसीसी बहराइनका अध्यक्ष टंक बस्नेत, एनसीसी साउदी अरबियाका अध्यक्ष पुरुषेत्तम दास श्रेष्ठ लगायत एनसीसीकतारका संस्थापक, पुर्व अध्यक्ष तथा पदाधिकारीहरुको समुपस्थिति रहेको थियो । 

कार्यक्रममा एनसीसी कोषध्यक्ष द्रोण बस्नेतले स्वागत गर्नु भए पश्चात प्रमुख अतिथि लगायत बिशेष अतिथिहरुबाट १२औ बार्षिक उत्सवको प्रतिकस्वरुप १२ वटा दिप प्रज्जवलन गरेर कार्यक्रमको समुट्घाटन गर्नु भएको थियो । त्यसै गरि प्रमुख अतिथिले १२ स्थापना दिवसकोे समारोहकोलागि तयार गरिएको केक काट्नुभएको थियो ।
कार्यक्रममा एनआरएनकप फुटबल २०१४का संयोजक टि एन बरालले सो प्रतियोगिताको गतिविधि रिपोर्ट प्रस्तुत गर्नुभएको थियो । एनआरएनकप २०१४का सहभागी टिमहरुलाई महासचिव कुमार पन्तले, बिजेता टिमका खेलडाीहरुलाई उपाध्यक्ष टि. बि. कार्कीले तथा स्वयंसेवक, व्यवस्थापन समिति तथा सहयोगीहरुलाई प्रमुख अतिथि शेष घलेले प्रमाण पत्र तथा प्रशंसा पत्रहरु वितरण गर्नु भएको थियो ।


कार्यक्रम संचालक तथा महासचिव बिनोद भट्टर।ईले संस्थाको स्पाथनाकालदेखिका प्रमुख गतिविधिहरुलाई समेटेर तयार पारिएको “रिभर अफ लाइफ” प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा संस्थाको स्थापना काल देखि विभिन्न समयमा योगदान दिनुहुने संस्थापक तथा पुर्वपदाधिकारीहरुलाई प्रमुख अतिथि ज्यूले सम्मान गर्नु भएको थियो । सम्मानित व्यक्तित्वहरुमा आइसीसी संथापक अध्यक्ष डा. उपेन्द्र महतो, उपाध्यक्ष देवकाजी डंगोल सहित पुर्व आइसीसी सदस्य तथा कतार प्रतिनिधिहरु सागर नेपाल (संस्थापक), भिमप्रसाद पौडेल, अजिजुर रहमिान शेष, अध्यक्षहरु राजीव डंगोल (संस्थापक), बद्री प्रसाद पाण्डे, कमलमणी गुरागाँई, नरेन्द्र भाट तथा अमृत गुरुङ, पुर्व उपाध्यक्षहरु रविकान्त लाल (संस्थापक), सुजेन्द्र श्रेष्ठ (संथापक), दिलकिरण खजुम, गुरुनारायण रानभाट, पुर्व महासचिवहरु प्रज्ञान उदास (संस्थापक), सुधिर कुमार सिंह, राजेश दर्शन अर्याल, बिलबहादुर गुरुङ तथा क्रान्ति सिंह र संस्थापक सदस्य स्व. शिखर वैद्य (मरणेपरान्त) हुनुहुन्थ्यो ।


कार्यक्रममा शुभकामना सम्बोधन दिनुहुदै प्रमुख अतिथि शेष घलेले एनआरएनसँग राष्ट्रको अपेक्षा धेरै रहे पनि हामीले गर्नु पर्ने जति गर्न नसकिरहेको अवस्थामा अब तिब्रताका राष्ट्रको समृद्धिमा लाग्नु पर्ने बताउनुभयो । राष्ट्रको अपेक्षा पुरा गर्न एनआरएनए आफैमा श्रोत साधन सम्पन्न बन्नु पर्ने भएकोले पहिलो प्राथामिकतामा भवन निर्माणलाई अघि बढाइएको बताउनुभयो । यद्यपी भवन संस्थाको पुरानो प्रस्तावित परियोजना रहेको आफुले वैदेशिक रोजगार कल्याण्कारी कोष तथा संस्थाका आन्तरिक व्यवस्थालाई सुधार तथा व्यवस्थित गर्न प्रयास गरिरहेको बताउदै सामाजिक अगुवाहरुले आफ्नो क्षमताले कार्यान्वयन गर्न सक्ने जिम्मेबारी मात्र लिन सुझाव दिनुभयो । उहाँले एनआरएनको परिभाषका सम्बन्धमा उठेका सवालहरुलाई सम्बोधन गर्दै आगामी विश्व सम्मेलनमा समय बढाएर पनि विधानमा प्रयाप्त छलफल गरि सबैको स्विकार्य बनाउन प्रयास गर्ने बताउनुभयो ।


त्यसै गरि आइसीसी उपाध्यक्ष टि. बि. कार्की महासचिव कुमार पन्त, मध्यपुर्व क्षेत्रीय उपसंयोजक पुर्ण के. सी., संस्थापक उपाध्यक्ष देवकाजी डंगोल, सल्लाहकार नरेन्द्र भाट, सदस्य अमृत गुरुङ, एनसीसी सल्लाहकार संयोजक गुरुनाराण्याण रानाभाट, एनसीसी बहराइनका अध्यक्ष टंक बस्नेत, साउदी अरबियाका अध्यक्ष पुरुषोत्तम श्रेष्ठ, एनसीसी कतारका पुर्व अध्यक्ष कमलमणी गुराँगाई, पुर्व महसचिव बिलगुरुङ लगायत संघ संस्थाबाट प्रतिनिधित्व गर्ने वक्ताहरुले एनसीसी कतारले पहिलो पटक आयोजना गरेको स्थापना दिवस समारोहकोे प्रशंसा गर्दै उत्तरोत्तर प्रगतिको कामना सहित आ आफ्ना भनाइहरु राख्नुभएको थियो ।


कार्यक्रममा उपस्थित कतार सरकार आन्तरिक मन्त्रालयका प्रतिनिधि फैजल अल हुदाई, कतार फुटबल एसोसिएसनका प्रतिनिधि ओथमा ब्ल्याके तथा अलअरबी स्पोर्टस् क्लबका प्रतिनिधि जाकारिकया गगााले पनि आफ्नो सम्बोधन मार्फत एनआरएनए एनसीसी कतारसँगको सहकार्यको प्रशंसा गर्दै शुभकामना व्यक्त गरेका थिए । उनिहरुलाई एनसीसीले प्रशंसा पत्र प्रदान गरेको थियो । कार्यक्रममा अतिथि कलाकार नलिना चित्रकारले केहि सांगितिक प्रस्तुती समेत प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रमको समापन सम्बोधन गर्दै सभापति मक्सुद आलमले प्रमुख अतिथि लगायत सबैलाई धन्यवाद दिनुभएको थियो ।


त्यसै गरि कार्यक्रम तालिका बमोजिम ११ डिसेम्बर बेलुका नै कतार स्थित नेपाली व्यवसयाीहरुको संस्था व्यवसायी संघले अध्यक्ष लगायतको अतिथिहरुको स्वागत तथा सम्मानमा रात्रिभोजको आयोजना गर्नुका साथै व्यवसायीक बिषयमा अन्तरक्रियात्मक कार्यक्रम आयोजना गरेको थियो ।
१२ डिसेम्बर बेलुका एनसीसीले उहाँहरुको सम्मानमा रात्री भोजको आयोजना गरि अध्यक्ष, उपाध्यक्ष तथा महासचिव ज्यू सँग साक्षत्कार गरेको थियो ।
अध्यक्ष ज्यू १३ डिसेम्बर दिउसो तथा महासचिव ज्यू १२ डिसेम्बर राती दोहाबाट बिदाइ हुनुभएको थियो ।