Navigation
Other Activity

इफ्तार कार्यक्रम आयोजना

Sep 22, 2023

१८ जुलाई २०१४, गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारले ईस्लाम धर्मावलम्विहरुको पवित्र महिना रमदानको अवसरमा शुभकामना आदान प्रदान तथा सामुहिक इफ्तार कार्यक्रम आयोजना ग¥यो ।

अध्यक्ष मक्सुद आलमको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा एनआरएनए मध्यपुर्व क्षेत्रीय उपसंयोजक पुर्ण के सी, आइसीसी सल्लाहकार नरेन्द्र भाट, सदस्य उमेश अधिकारी, एनसिसि कतारका सल्लाहकारहरु लगायत एनआरएनए एनसीसी पदाधिकारीहरु, कतारमा स्थापित इस्लामिक संस्थाका प्रतिनिधिहरु तथा मुस्लिम अगुवाहरुको उपस्थिति रहेको थियो ।

संघले विगतका वर्षहरुमा झैं यस वर्षको रमदानको अवसरमा कतारमा कार्यरत मुस्लिम धर्मावलम्विहरुलाई एकै ठाँउमा राखेर सामुहिक इफ्तार कार्यक्रम आयोजना गरेको हो । सो कार्यक्रममा ईस्लाम धर्मगुरुहरुले धार्मिक पाठ गर्नुका साथै रमदानको महत्वको वारेमा प्रष्ट्याएका थिए ।

कतारमा कार्यरत नेपाली समुदायका विभिन्न जातजाती, भाषाभाषी र संस्कृति मान्ने संघसंस्था र तिनका प्रतिनिधिहरुलाई एकै ठाँउमा राखेर सामुहिक चाडपर्वहरु मनाउदै आईरहेको छ ।

photo 3 (2) photo 1 (3)