Navigation
Other Activity

कतार राष्ट्रिय मानवअधिकार समितिसँग बैठक

Sep 22, 2023

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतार तथा राष्ट्रिय मानवअधिकार कमिटि बिचमा समन्वयात्मक बैठक सम्पन्न भएकोछ । गत १७ अप्रिलका दिनमा सम्पन्न बैठकमा श्रमिक समस्या, विमा लगायतका बिषयमा छलफल भएको थियो । कतार राष्ट्रिय मानवअधिकार कमिटि जनरल सेक्रेटरी मारियम अल अत्तियाले प्रमाण सहित आएका समस्याहरुको समाधानको लागि सक्दो सहयोग गर्ने जानकारी गराउनुभएको थियो । श्रमिकहरुको मानवअधिकार रक्षाका लागि एनआरएनए एनसीसी कतार सँग विभिन्न कार्यक्रमहरुको माध्यामबाट सहयोग गर्ने जानकारी प्राप्त भएकोछ । एनसीसीको तर्फबाट अध्यक्ष मक्सुद आलम, निवर्तमान अध्यक्ष अमृत गुरुङ, सल्लाहकार संयोजक गुरुनारायण रानाभाट तथा कानुनी सल्लाहकार रमजान अलि मियाको सहभागिता रहेको थियो ।