Navigation
Other Activity

भेटघाट तथा सहभागिता

Sep 22, 2023

१५ अप्रिल, हमद मेडिकल कपोरेसनद्धारा आयोजित सोसिएल वर्कर डे कार्यक्रम निमन्त्रणा बमोजिम अध्यक्ष मक्सुद आलम तथा कानुनी सल्लहकार रमजान अलि मियाले सहभागिता जनाउनुभएको थियो । सो अवसरमा आप्रवासी समुदायका अगुवाहरुलाई सम्मान गर्ने क्रममा एनआरएनए एनसीसी कतारका अध्यक्ष मक्सुद आलम तथा कानुनी सल्लाहकार मो. रमजान अलि मिया कदर पत्र तथा मायाको चिनोद्धारा सम्मानित हुनुभएको थियो ।

११ अप्रिल, कतार भ्रमणमा रहनुभएका नेपाल फुटबल एसोसिएसनका अध्यक्ष गणेश थापा सँग एनआरएनए एनसीसी कतारको टोलीले भेटघाट गरि आपसी समन्वय तथा सहयोगका बारेमा छलफल गरेकोछ । अध्यक्ष मक्सुद आलमको नेतृत्वमा भएको भेटमा महासचिव विनोद भट्टराई र सल्लाहकार संयोजक गुरुनारायण रानाभाट तथा
एनआरएनए आइसीसी पुर्व महासचिव रतन झा समेत सहभागि हुनुहुन्थ्यो ।

८ अप्रिलका, नेपाल प्रहरीका महानिरिक्षक उपेन्द्र कान्त अर्याल, सामुदायिक प्रहरीका प्रमुख सुरेन्द्र बहादुर शाह र डि एस पी नरहरी रेग्मीको टोली सँग कतारका सामुदायीक प्रहरी प्रमुख ले. क. अल हुवादीले भेटघाट गर्नु भएको थियो । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् कतारका कानुनी सल्लहकार मो रमजान अलि मियाको समेत समन्वयमा सम्पन्न सो भेटघाटमा दुइ पक्षिय अनुभव आदान प्रदान गरिनुका साथै सहयोगका बारेमा उपलब्धिमुलक छलफलहरु भएका थिए ।