Navigation
Other Activity

चौथो बैठक सम्पन्न, राजिनामा स्विकृत

Sep 22, 2023

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारको चौथो नियमित बैठक २१ मार्चमा अध्यक्ष मक्सुद आलमा अध्यक्षतामा सम्पन्न भएकोछ । बैठक विधिवत रुपमा शुरुवात भएपछि एनसीसी कतारका स्थापनाकाल देखिका पंजिकृत सदस्य तथा दोहाका अग्रज बुद्धीजीवी श्री शिखर वैद्यको स्मृतिमा एक मिनेट मौन धारण गरि श्रद्धान्जली अपर्ण गनुर्कका साथै उहाँको चिरशान्तिको कामना तथा शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदान प्रकट गर्दै शोक प्रस्ताव पारित गरेकोछ ।
बैठकले आगामी ९ र १० मईमा एनसीसी बहराइनको आतिथ्यतामा आयोजना हुने एनआरएनए मध्यपुर्व क्षेत्रिय भेलामा अधिकतम सहभागिताका साथ भव्यरुपमा सफल पार्न सहयोग गर्ने निर्णय गरेकोछ ।
त्यसै गरि कार्यसमिति सदस्य केशरकुमार सुनुवारले आफ्नो पदबाट दिएको राजिनामालाई समैत बैठकले सर्वसम्मतले स्विकृत गरेकोछ ।