हार्दिक आभार।
२०२५ मार्च ७ शुक्रबार को दिन फुलबारी रेस्टुरेण्ट को सभाहलमा गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारको आयोजना एवम् समन्वयमा कतारमा स्थापित विभिन्न संघसंस्थाको संयुक्त आयोजनामा इस्लाम धर्मावलम्बीहरुको पवित्र महिना रमजानको अबसरमा आयोजित शुभकामना आदान प्रदान तथा बृहत इफ्तार कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रमका प्रमुख अतिथि कतारको लागि नेपाली महामहिम राजदुत रमेश चन्द्र पौडेल ज्यु, मौलाना तथा धार्मिक गुरुहरु, गैरआवासीय नेपाली संघका बर्तमान तथा पूर्व पदाधिकारी तथा सल्लाहकार ज्युहरु, आईसीसी सदस्य ज्यूहरु, एनसीसी कतारका प्रमुख सल्लाहकार एवं सल्लाहकार ज्यूहरु, एनआरएनए अभियान्ता ज्यूहरु, कतारमा स्थापित विभिन्न संघ-सस्थाका प्रमुख एवं प्रतिनिधि ज्यूहरु, समाजसेवी, बुद्धिजीवी, पत्रकार तथा उपस्थित सम्पूर्ण मुस्लिम तथा गैरमुस्लिम सम्पुर्ण दाजुभाइ तथा दिदिबहिनीहरुमा धन्यवाद, आभार ज्ञापन गर्दछौं ।
कार्यक्रम गैरआवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतार सहित ५४ वटा संयुक्त आयोजनामा सम्पन्न भएको थियो ।
रमेश भट्ट
अध्यक्ष
गैरआवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतार