भावपुर्ण श्रद्धाञ्जली
गत २०२५ फेब्रुअरी १९ बुधबार राती सडक दुर्घटनामा परि असामयिक निधन हुनुभएका गैरआवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारका सह-कोषाध्यक्ष स्व. झबिन्द्र आचार्यको १३ औं दिनको पुण्य तिथिमा २०२५ मार्च ३ तारिख सोमबार राती श्रद्धाञ्जली तथा शोक सभा सम्पन्न भएको छ ।
कार्यक्रममा उपस्थिति जनाउनुहुने कतारको लागि नेपाली महामहिम राजदुत रमेश चन्द्र पौडेल ज्यु, गैरआवासीय नेपाली संघका बर्तमान तथा पूर्व पदाधिकारी तथा सल्लाहकार ज्युहरु, आईसीसी सदस्य ज्यूहरु, एनसीसी कतारका प्रमुख सल्लाहकार एवं सल्लाहकार ज्यूहरु, एनआरएनए अभियान्ता ज्यूहरु, कतारमा स्थापित विभिन्न संघ-सस्थाका प्रमुख एवं प्रतिनिधि ज्यूहरु, समाजसेवी, बुद्धिजीवी, पत्रकार तथा उपस्थित सम्पूर्ण दाजुभाइ तथा दिदिबहिनीहरुमा धन्यवाद ज्ञापन गर्दछौं ।
कार्यक्रम गैरआवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतार तथा लुम्बिनी प्रदेश समन्वय परिषद कतार, गुल्मी सेवा समाज कतार एवं राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, कतार शाखा, बाग्लुङ्ग सेवा समाज कतार, दाङ्ग देउखुरी सेवा समाज कतार, मोना कतार बहुउद्देश्यीय अक्षयकोषको संयुक्त आयोजनामा सम्पन्न भएको थियो ।
हामी यश दु:खद घडीमा स्वर्गीय झबिन्द्र आचार्य प्रति हार्दिक श्रद्दासुमन अर्पण गर्दे शोकाकुल परिवार जनमा धैर्य धारण गर्ने शक्ति प्राप्त होस भन्दै गहिरो समवेदना प्रकट गर्दछौ ।
रमेश भट्ट
अध्यक्ष
गैरआवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतार