२०२३–२०२५ कार्यकालको बिभिन्न कार्यक्रमहरुमा सहयोग गर्नुहुने सहयोगी, संघसंस्था र कलाकारहरुलाई सम्मान तथा धन्यबाद कार्यक्रम
हार्दिक आभार।
२०२५ अप्रिल १ मंगलबारको दिन फुलबारी रेस्टुरेण्टको सभाहलमा गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारको आयोजनामा इस्लाम धर्मालम्वीहरुको महान पर्व ईद उल फित्र र नेपाली नयाँ वर्ष २०८२, यक्वा तङनाम, साकेला उँभौली र नेपाल डे को अवसरमा शुभकामना आदान प्रदान तथा गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारको २०२३–२०२५ कार्यकालको बिभिन्न कार्यक्रमहरुमा सहयोग गर्नुहुने सहयोगी, संघसंस्था र कलाकारहरुलाई सम्मान तथा धन्यबाद कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रमका प्रमुख अतिथि कतारको लागि नेपाली महामहिम राजदुत रमेश चन्द्र पौडेल ज्यु, बिसिस्ट अतिथि ज्युहरु, गैरआवासीय नेपाली संघका बर्तमान तथा पूर्व पदाधिकारी तथा सल्लाहकार ज्युहरु, आईसीसी सदस्य ज्यूहरु, एनसीसी कतारका प्रमुख सल्लाहकार एवं सल्लाहकार ज्यूहरु, एनआरएनए अभियान्ता ज्यूहरु, कतारमा स्थापित विभिन्न संघ-सस्थाका प्रमुख एवं प्रतिनिधि ज्यूहरु, समाजसेवी, बुद्धिजीवी, पत्रकार तथा उपस्थित सम्पूर्ण दाजुभाइ तथा दिदिबहिनीहरुमा धन्यवाद, आभार ज्ञापन गर्दछौं । सम्मानित हुनुहुने संघ संस्था कलाकार लगायत सम्पूर्णमा हार्दिक बधाई तथा शुभकामना।
रमेश भट्ट
अध्यक्ष
गैरआवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतार।