Navigation
Photo Gallery

धन्यवाद सहित हार्दिक आभार

Oct 06, 2024

मिति ०४ अक्टोबर २०२४ शुक्रबारका दिन राहदानी समाप्त भएपनि नवीकरणको लागि अनलाइन फाराम भर्न नसकेका २२५ जनाले नेपाली राजदुतावासमा भौतिक उपस्थित भएर फाराम भरेका छन् । पासपोर्ट र कतार आईडिको म्याद सकिएर समस्यामा परेका श्रमिकको लागी यसले थोरै भएपनी राहत मिलेको छ ।

नेपाली राजदुतावास परिवार एवं पासपोर्ट नविकरणमा सहजीकरणको लागि दुतावासमा उपस्थित हुनुभएका एनसीसी साथै कतारमा स्थापित विभिन्न संघ सस्थाका प्रमुख तथा प्रतिनिधीज्युहरु, सामाजिक अभियानता, पत्रकार मित्रलाई हार्दिक आभार व्यक्त गर्दछौं ।

गैरआवासीय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद कतारले राहदानी नविकरणको लागि भैरहेको समस्या समाधानको लागि निरन्तर दूतावासलाई अनुरोध गर्दै आएको थियो । एनसीसीले कतारमा स्थापित सघ सस्था, सामाजिक अभियन्ता ज्युहरु संग अन्तरक्रिया गरि गत हप्ता मात्रै राहदानी नविकरण लाई प्राथमिकतामा राखेर दूतावास संग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको थियो भने परराष्ट्रमन्त्रीलाई ज्ञापनपत्र पनि बुझाईएको छ ।

शुक्रबार बिहानै देखिको उपस्तिथिले पनि राहदानीको समस्या कति बिकराल रहेछ भन्ने प्रष्ट पारेको छ । नेपाली राजदुतावासले यस्तो कार्यक्रमलाई केही समय निरन्तरता दिन आवश्यक छ जसको लागि आवश्यक पर्ने जस्तोसुकै सहयोगको लागि एनसीसी कतारको नेतृत्वमा कतारमा स्थापीत सम्पूर्ण संघ सस्था तयार रहेको प्रतिवद्द्ता व्यक्त गर्दछौं । एनसीसी कतार आम श्रमिकका सबै खाले समस्याहरुलाई समाधान गर्न नेपाली राजदुतावास लगाएत यहाँ रहेका सबै संघ सस्था संग समन्वय गरिरहने जानकारी गर्दछौं ।

रमेश भट्ट

अध्यक्ष

एवं गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतार परिवार ।