Navigation
Notice

प्रेस वक्तव्य

Sep 30, 2024

केही दिनयताको अविरल वर्षाको कारण मातृभुमिमा ठूलो जनधनको क्षति भएको छ । बाढी र पहिरोका कारण झण्डै दुई सय बढी नागरिकको ज्यान गएको छ भने ठूलो संख्यामा बेपत्ता र घाइते भएका छन् । लाखौ प्रभावित बनेका छन भने हजारौं नागरिक घरवारविहीन भएका छन् । व्यक्तिका निजी सम्पत्तिदेखि सार्वजनिक पूर्वाधारको क्षेत्रमा ठूलो क्षति पुगेको छ । राष्ट्र र जनताले भोग्नुपरेको यो क्षति र पीडाप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण र घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं ।

अहिले पनि ठूलो संख्यामा नागरिक बेपत्ता भएकाले उनीहरुको खोजी गर्न, घाइतेहरुको निःशुल्क उपचार गर्न, घरबारविहीन भएकाहरुलाई सुरक्षित गर्दै पुनस्र्थापनाको काम यथासक्य छिटो गर्न नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गर्दछौं ।

विपतको घडीमा प्रभावित परिवारमा तत्कालको लागी राहत पुगोस भनी गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको नेतृत्वमा कतारमा स्थापित संघ–सस्थाको सहकार्यमा आर्थिक संकलन गर्ने निर्णय गरिएको जानकारी गराउदै सबै जनाले हातेमालो गरिदिनु हुन अनुरोध गर्दछौं ।

रमेश भट्ट

अध्यक्ष

गैरआवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद कतार ।