Navigation
Photo Gallery

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतार द्वारा कतारको सामुदायिक प्रहरी बिभागका प्रमुख डाक्टर इब्राहिम मोहम्मद राशिद अल सुमैह संग भेटघाट

Sep 21, 2024

मिति १८ सेप्टेम्बर गैर आवासीय नेपाली संघ कतारको एक प्रतिनिधि मण्डलले कतार स्थित सामुदायिक प्रहरी बिभागका प्रमुख डाक्टर इब्राहिम मोहम्मद राशिद अल सुमैह संग भेटघाट गरेको छ। गै गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारका अध्यक्ष रमेश भट्टको नेतृत्वमा उपाध्यक्ष कृष्ण पन्थी तथा कानुनी सल्लाहकार मोहम्मद रमजान अली मियाँले बिभाग प्रमुख लगायत अन्य उच्चाधिकारीहरु संघ भेटघाट गरेको हो । उक्त भेटघाटमा कतारमा रहेका नेपाली तथा आम श्रमिक वर्गको सुरक्षा बारे छलफल भएको थियो। छलफलमा विशेष गरि नेपाली समुदाय बिच प्रभावकारी सचेतनाका विभिन्न कार्यक्रम आयोजना गर्ने र उनिहरु माझ गृहमन्त्रालय द्वारा सम्प्रेषण गरिने सुचना तथा निर्देशनहरु आम श्रमिक माझ पुर्याउन कम्युनिटी पुलिस र गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारले सहकार्य गर्ने र यस अभियानमा एनसिसि कतारलाई कम्युनिटी पुलिस डिपार्टमेन्टले आवस्यक सहयोग तथा सहजीकरण गर्ने प्रहरी प्रमुखले बताउनु भयो । यस अभियानका विभिन्न कार्यक्रम गृहमन्त्रालयको अन्य निकाय तथा बिभाग संगको सहकार्यमा आयोजना गरिने कुरा जनसम्पर्क अधिकृत डाक्टर बहाउदीन हुदावीले जानकारी गराउनु भयो । जसमा ट्राफिक डिपार्टमेन्ट ,सिभिल डिफेन्स,लागू औषध नियन्त्रण बिभाग,खोज तथा अनुसन्धान बिभाग लगायत अन्य बिभागहरुको पनि सहभागिता हुने जानकारी गराउनु भयो ।

कतारको रहेको नेपाली समुदाय यहाँ रहेका अन्य आप्रवासीहरु मध्येको दोस्रो बहुसंख्यक समुदाय भएको हुनाले नेपालीहरुको सुरक्षा र नेपाली समुदाय संगको सहकार्य आफ्नो प्राथमिकतामा रहेको कुरा बिभाग प्रमुखले बताउनु भयो।

सो भेटघाटमा उपाध्यक्ष पन्थीले नेपाली समुदायले भोग्नु परेको विभिन्न कठिनाइ तथा जटिलता र सो को निवारणको निम्ति कम्युनिटी पुलिस डिपार्टमेन्टले खेल्न सक्ने भुमिका बारे प्रष्ट पार्नु भएको थियो। जसमा प्रहरी प्रमुखबाट सकारात्मक प्रतिक्रिया आएको बताउनु भयो। भेटघाटको अन्तिममा अध्यक्ष रमेश भट्टले भेटघाटको अमुल्य समय उपलब्ध गराएकोमा कम्युनिटी पुलिस परिवारलाई धन्यवाद दिंदै बिभाग प्रमुखले आफ्नो अमुल्य र व्यस्त समय दिनु भएकोमा हार्दिक आभार ब्यक्त गर्नु भयो।यस प्रकारको भेटघाटले सुरक्षित र सभ्य समाजको निर्माणमा ठुलो भुमिका खेल्ने विश्वास व्यक्त गर्नु भएको थियो।

रबिन मगर

महासचिव

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतार।