Navigation
Other Activity

साइकल यात्री सँग साक्षात्कार तथा सहयोग

Sep 22, 2023

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारले विश्व शान्तिको सनदेश सहित विश्व यात्राको क्रममा कतार आईपुगेका उल्टो साइकल यात्री बिरेश दहाल र उहाँका सहयात्री द्धय बरुणराज अधिकारी र बजेन्द्र महरालाई २६ फरवरीका दिन एनसीसी कतारका अध्यक्ष मक्सुद आलमको नेतृत्वमा साक्षत्कार गर्नुका साथै सोहि अवसरमा बाँकि यात्राहरु सफलतको कामना सहित अभिनन्द पत्र तथा खदाद्धारा अभिनन्द समेत गरिएको थियो ।

 सो अवसरमा यात्री बिरेस दहालले आफ्ना यात्रा अनुभवहरु सुनाउनु भएको थियो भने उपस्थित एनआरएनए आईसीसी उपाध्यक्ष टि. बि. कार्की, सदस्य अमृत गुरुङ लगायत एनसीसी पदाधिकारीहरुले साईकल यात्रीहरुलाई शुभकामना व्यक्त दिनुभएको थियो । सोहि अवसरमा एनसीसीको तर्फबाट यात्रिहरुलाई आर्थिक सहयोग पनि गरिएको थियो । सोहि अवसरमा नेपाली महिला समाजकतारका अध्यक्ष रेखा राईले समेत सो संस्थाको तर्फबाट आर्थिक सहयोग हस्तान्तरण गर्नुभएको थियो ।