Navigation
Photo Gallery

आदरणीय कतारमा स्थापित सम्पूर्ण संघसंस्था प्रमुख तथा प्रतिनिधि ज्यूहरू,पत्रकार ज्यूहरु, सामाजिक अभियन्ता ज्युहरु, बुद्दिजिबि साथै सम्पुर्ण दाजुभाई तथा दिदिबहिनिहरुमा हार्दिक नमस्कार।

मिति ३० अगष्ट २०२४ शुक्रबारका दिन नेपाली महिला समाज कतार र गैरआवासीय नेपाली संघ, रास्ट्रिय समन्वय परिषद् कतारको महिला बिभागको समन्वयमा कतारमा स्थापित बिभिन्न ६२ वटा संघ-संस्थाहरुको संयुक्त आयोजनामा नेपाली नारीहरुको महान पर्व "हरितालीका तिज" को अवसरमा आयोजित शुभकामना आदानप्रदान तथा सचेतनामुलक कार्यक्रम सभ्य र भब्य, रूपमा सम्पन्न भएको छ ।

कार्यक्रमका अध्यक्षता गर्नुभएका नेपाली महिला समाज कतारको अध्यक्ष माया केशी ज्यू, हाम्रो निमन्त्रणालाई सहर्ष स्वीकार गरि कार्यक्रमलाई सम्बोधन गर्न पाल्नु भएको प्रमुख अतिथि नेपाली राजदुतावास दोहा कतारका प्रथम सचिव मेडम सिता ज्ञवाली ज्यू, नेपाली राजदूतावास कतारका सम्पूर्ण कर्मचारी ज्युहरु लगायत दुताबास परिवारजन, कतार स्थित विभिन्न सरकारी निकायका प्रतिनिधि ज्युहरु, यसैगरी कार्यक्रमको मुख्य आकर्षक हाम्रो निमन्त्रणालाई सहर्ष स्वीकार गरि नेपालबाट दोहामा पाल्नु भएकी चर्चित लोक तथा दोहोरी गायिका, राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल केन्द्रिय अध्यक्ष"रिता थापा मगर" ज्यू ! एनआरएनए आईसीसी उपाध्यक्ष राज रेग्मी ज्यू , सल्लाहकार कमलमणि गुरागाई ज्यू , लगायत एनआरएनए आईसीसीका विभिन्न तह र तप्कामा रहनुहुने अग्रज अभियन्ता ज्युहरु साथै एनआरएनए एनसीसी कतारका अध्यक्ष श्री रमेश भट्ट ज्यू , बिशेष गरि कार्यक्रमको व्यवस्थापन गर्नको लागि ओहोत्र खटिनु हुने एनसीसी कतारका प्रथम उपाध्यक्ष कृष्ण पन्थी ज्यू , यातायातको पूर्ण रुपमा जिम्मेवारी लिएर सम्पूर्ण दिदीबहिनीहरु लाई कार्यक्रम स्थल सम्म ल्याउन सहज गर्नु हुने एनसीसी कतारका द्द्तिय उपाध्यक्ष केशब कार्की ज्यू , स्वयंसेवकको बिशेष भूमिका निर्वाह गर्नु हुन् एनसीसी युवा उपाध्यक्ष सुवास थापा ज्यू , एनसीसी कतारले आयोजना गर्ने हरेक कार्यक्रममा सल्लाह सुझाब दिनू हुने एनसिसि कतारका महासचिव रबिन मगर ज्यू , एनसीसी कतारका सम्पूर्ण पदाधिकारी ज्युहरु, कार्यसमितिका साथीहरु, नेपाली महिला समाज कतारको प्रमुख संरक्षक ज्यू , संरक्षक ज्युहरु, प्रमुख सल्लाहकार ज्यू ,सल्लाहकार ज्युहरु, कार्यसमितिको बिभिन्न तह र तप्कामा रहनु भएका आदरणीय दिदीबहिनीहरु एवं समाजिक अभियान्ता ज्युहरु, यस कार्यक्रमको संयोजक नेपाली महिला समाज कतारको प्रथम उपाध्यक्ष सन्ध्या आर्याल ज्यू , आयोजक संघ-संस्थाका स्वयंसेवक साथीहरु कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्न विभिन्न जिम्मेवारी सहित आर्थिक, नैतिक , भौतिक एवं यातायात लगायत अन्य कार्यहरुमा सहयोग गर्ने सहयोगी ब्याक्तित्व, स्वयंसेवक, बिशेष गरि धेरै मेहनतका साथ मिठो प्रस्तुति दिनुहुने कलाकार दिदीबहिनीहरु, दाजुभाईहरु, बाल कलाकार नानीहरु, सांस्कृतिक प्रस्तुतिको लागि कलाकारहरुलाई समन्वय गर्नु हुने सांस्कृतिक संयोजक बिबेक पुलामी मगर ज्यू, पत्रकार, फोटोग्राफर, कार्यक्रमको समयाधि भरि प्राबिधिकमा साथ दिनुहुने एनसीसी सचिव रोशन अर्याल ज्यू , एवं कार्यक्रममा उपस्थित हुनुहुने सम्पूर्ण दिदिबहिनीहरु तथा दाजुभाईहरुमा हार्दिक आभार व्यक्त गर्दछु |

आगामी दिनमा पनि एनसीसी कतारको बिभिन्न विभागले विभागीय जिम्मेवारी अन्तर्गत गर्ने फरक फरक प्राकृतिका कार्यक्रममा नेपाली महिला समाज कतार लगायत दोहामा स्थापित सम्पूर्ण संघ संस्थाहरुको संयुक्त आयोजनामा नेपाली कला र संस्कृतिकको प्रवर्द्धनको लागि सहकार्य गर्दे हामी बिचको भाइचारा र एकता सदैव रहने विश्वास व्यक्त गर्दछु । कार्यक्रम संचालन अत्यन्तै राम्रो भएको छ संचालकद्दय नेपाली महिला समाज कतारकि महासचिव मेनुका खतिवडा भण्डारी र नेपाली महिला समाज कतारकि प्रबक्ता शारदा भुजेल ज्यू प्रति बिशेष आभार व्यक्त गर्दछु |

म आफु एनसीसी कतारको महिला संयोजक भै रहँदा कार्यक्रमको दौडानमा केहि कमीकम्जोरी भएको भए यसलाई समिक्षा बैठकमा राख्दै सबैका सल्लाह सुझाव सहित आगामी कार्यक्रमबाट सुधारेर लैजाउने प्रतिवद्द्ता व्यक्त गर्दछु ।

साथै नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र दीर्घायुको हार्दिक शुभकामनाका साथ कार्यक्रममा पाल्नुहुने आदरणीय महानुभावहरु यहाँहरु सबैमा पुनः एक पटक हार्दिक आभार सहित कार्यक्रमको अन्त्य सम्म बसेर स्वदेशको झल्को बिदेशको भूमिमा नाचगान सहित भरपुर मनोरन्जन लिएर सफलता पुर्बक सपन्न गराउनु भएकोमा मेरो ब्यक्तिगत तर्फबाट र एनसीसी कतारको महिला संयोजक एवं महिला बिभागको तर्फबाट हार्दिक हार्दिक कृतज्ञता व्यक्त गर्दछु |

सहकार्य र समन्वयको लागि हार्दिक धन्यवाद सहित,

शुष्मा खतिवडा कटुवाल

महिला संयोजक एवं महिला बिभाग

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतार