Navigation
Photo Gallery

हार्दिक धन्यवाद सहित आभार !

Jun 04, 2024

हार्दिक धन्यवाद सहित आभार !

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतार र काठमाडौ मेडिकल कलेज प्रा लि. बिच कतारमा कार्यरत नेपाली श्रमिक र आश्रित परिवार लाई बिशेष सहुलियतमा उपचारका लागी सम्झौता पत्रमा हस्ताक्षर कार्यक्रम सम्पन्न भएको छ।

नेपाली राजदूतावास दोहा कतारमा महामहिम राजदूत डा. नरेश विक्रम ढकाल ज्यूको उपस्थितिमा सम्पन्न यो कार्यक्रममा काठमाडौ मेडिकल कलेज प्रा लि. लाई यो अवसर को लागि हार्दिक धन्यवाद सहित कार्यक्रमको अवसरको ब्यबस्थापन गर्नुहुने संघिय सांसद डा. सुनिल कुमार शर्मा ज्यू, सम्पूर्ण एनआरएनए अभियन्ता ज्युहरु, कतारमा स्थापित सम्पुर्ण नेपाली संघ-संस्थाका प्रमुख तथा प्रतिनिधि ज्यूहरु मा हार्दिक आभार ब्यक्त गर्दछौ ।

यस सम्झौताले कतारमा कार्यरत नेपाली श्रमिक र आश्रित परिवारलाई बिशेस सुबिधा प्राप्त हुनेछ भन्ने हामीले विश्वास लिएका छौ।

रमेश भट्ट

अध्यक्ष

तथा गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतार परिवार ।