Navigation
Notice

गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी अक्टोबर १७ देखि २० तारिखसम्म काठमाण्डौमा हुने ११औं अन्तर्राष्ट्रिय महाधिवेशन तथा निर्वाचनमा प्रतिनिधि चयन सम्बन्धमा

Sep 26, 2023
DELEAGATE_QATAR(1) आदरणीय सम्पूर्ण पञ्जीकृत सदस्यज्युहरुमा नमस्कार । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी अक्टोबर १७ देखि २० तारिखसम्म काठमाण्डौमा हुने ११औं अन्तर्राष्ट्रिय महाधिवेशन तथा निर्वाचनमा भागलिन इच्छुक भै आवेदन दिनुभएका पार्षद सदस्यज्युहरुको नामावली विवरण प्राप्त भएको छ । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारबाट एक सय पचासी जना प्रतिनिधि सहभागी हुन पाउनेमा जम्मा चार सय बाह्र जनाको आवेदन परेको छ। प्राप्त आवेदनहरु रुजुगरी आईसीसीको बिधान अनुसार प्राथमिकतामा परेका आवेदकलाई प्रतिनिधिमा सिफारिस गरिने जानकारी गराउदछौ। सन्तोष कुँवर प्रवक्ता गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतार।