NRNA Qatar News
कतार सरकारद्वारा नेपाली समुदायलाई डेढ करोड बढीको खाद्यान्न सहयोग
![कतार सरकारद्वारा नेपाली समुदायलाई डेढ करोड बढीको खाद्यान्न सहयोग](https://www.nrnaqatar.org/uploads/posts/qatar-gov-help-2.jpg)
दोहा, कतार
कोरोना भाइरसको कारण समस्यामा परेका कतार स्थित नेपाली समुदायलाई कतार सरकारले शुक्रबार डेढ करोड बढीको खाद्यान्नको सहयोग गरेको छ । गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको विशेष पहलमा कतार सरकारको गृह मन्त्रालयले कतार च्यारिटी मार्फत १ लाख ३४ हजार डलर (करिब १ करोड ६० लाख रुपैयाँ) बराबरको पाँच हजार खाद्यान्नको प्याकेज प्रदान गरेको हो ।
नेपाली समुदायलाई सहयोग प्रदान गरेकोमा कतार सरकार र राहत प्याकेज ब्यवस्थापनका लागि सहयोग गर्ने नेपाली राजदूतावास कतार परिवार प्रती एनसिसी कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानले धन्यवाद व्यक्त गर्नुभएको छ ।
संघले विभिन्न चरणमा हाल सम्म १ हजार दुई सय बढी समस्यामा परेका श्रमिकलाई राहत बितरण गरिसकेको संघ प्रथम उपाध्यक्ष एवं उद्दार तथा राहत बितरण समितीका संयोजक उत्तम गुरुङले बताउनुभयो ।
गैर आवासिय नेपाली संघले श्रमिक कोष र नेपाली राजदुतावासको समन्वय र कतार रेड्क्रीसेन्ट तथा कतार च्यारिटिको सहयोगमा स्वास्थ्य सामाग्री तथा खाद्यान्न बितरण गर्दै आएको छ ।
यसैबिच संघले नेपाली श्रमिकहरु खाद्यान्न वा अन्य कुनै समस्यामा परि तत्काल उद्दार गर्नुपर्ने भएमा एनसीसी कतारको अफिसियल इमेल [email protected]/ आधिकारिक फेसबुकको ईनबक्स वा 74449592/ 50129900/ 70909722 मोबाइल नम्बरमा सम्पर्क गर्न आग्रह गरेको छ ।