Navigation
NRNA Qatar News

एनआरएनए कतारद्वारा नवनियुक्त राजदुत भारद्वाजलाई स्वागत

Sep 25, 2023
दोहा, कतार एनआरएनए कतारले कतारको लागि नवनियुक्त राजदुत डा. नारद भारद्वाजलाई एक कार्यक्रमका बीच स्वागत गरेको छ । एनआरएनका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानको नेतृत्वमा पदाधिकारी, कार्यसमिति र सदस्यहरुको उपस्थितिमा बिहिवार राजदुतावासमा परिचयात्मक कार्यक्रम सहित स्वागत गरिएको हो । नवनियुक्त राजदुतलाई स्वागत गर्दै अध्यक्ष मुसलमानले कतार बसाई सफलताको कामना व्यक्त गर्नुभयो । साथै उहाँले आँफुहरु कतारमा रहेका सम्पूर्ण नेपालीको हकहितमा काम गर्ने प्रतिबद्धता सहित आएको भन्दै कतार स्थित नेपालीको अभिभावक दूतावास सङ्ग पनि समन्वय गर्ने बताउनुभयो । मुसलमानले सरकारले घोषणा गरेको भ्रमण बर्ष सन् २०२० लाई सफल पार्न एनाआरएनए कतार लागि रहेको जानकारी गराउनुभयो । सो अवसरमा बोल्दै नवनियुक्त राजदुत भारद्वाजले नेपाल र कतार बिचको सम्बन्धलाई थप मजबुत बनाउने आफनो प्राथमिकता रहने बताउनुभयो । सम्बृद्व नेपाल, सुखी नेपालीको नारालाई सफल बनाउन कतारबाट नेपालमा पुजी भित्राउन पहल रहने बताउनुभयो । कतार स्थित नेपाली राजदूतावास नेपालीको हकहितमा काम गर्ने भन्दै यहाँ रहेका सम्पुर्ण संघसंस्था बीच समन्वय गर्ने उहाँको भनाई थियो । कार्यक्रमको सहजीकरण एनआरएनए कतारका महासचिव पदम गिरिले गर्नुभयो ।