Navigation
Health & Awareness

आभार तथा अनुरोध

Sep 22, 2023

राष्ट्रको अकल्पनिय विपत्तिमा आफुले सकेको सहयोग गर्ने र संकलनमा हातेमालो गर्ने अभिलासाका साथ आज नेपाली राजदुतावास दोहा कतारमा उपस्थित हुनुभएका कतारमा स्थापित नेपाली संघ संस्थाका प्रमुख तथा पदाधिकारी ज्यूहरु, एनआरएनए अभियानका अग्रजहरु, व्यवसायी, बुद्धिजिवि लगायत सम्पूर्ण महानुभावहरुमा सो छलफल समन्वयकर्ताको हैसियले हार्दिक आभार व्यक्त गर्दछौं । आवाश्यक सहयोग तथा स्थान उपलब्ध गराई सो छलफलमा अभिभावकत्व प्रदान गर्ने नेपाली राजदुतावास कतारका कार्यबहाक राजदुत श्री मणि शर्मा तथा राजदुतावास परिवार प्रति हार्दिक कृतज्ञता ज्ञापन गर्दछौं ।
अहिले हाम्रो चिन्ता राष्ट्रको विपत्ति प्रति छ र हाम्रो प्रमुख उद्देश्य प्रभावकारी सहयोग प्रदान गर्नु नै हो । त्यसैले एनआरएनए एनसीसी कतार सचिवालयले विगतका विभिन्न अभियानहरुमा जस्तै एनआरएनए एनसीसी कतारका अध्यक्षको संयोजकत्वमा कतारमा स्थापित संघ संस्थाहरुका प्रमुखहरु तथा एनआरएनए एनसीसीका सम्पूर्ण पदाधिकारीहरु पदेन सदस्य रहने गरि भूकम्प पिडित राहात संकलन समिति कतार गठन गरिएको व्यहोरा यसै सुचना मार्फत जानकारी सम्बन्धित सबैमा गराइन्छ । कतारमा रहनुृ भएका आइसीसी पदाधिकारी ज्यूहरु, पुर्व पदाधिकारी ज्यूहरु, एनसीसी सल्लाहकार समितिका सदस्य ज्यूहरु, पूर्व अध्यक्ष ज्यूहरु तथा पुर्व महासचिव ज्यूहरु सो समितिको सल्लाहकार रहनुहुने व्यहोरा समेत अनुरोध गरिन्छ । समितिको नामावली तथा थप विवरण चाडै प्रकाशित गरिनेछ ।
तसर्थ सम्पूर्ण संघ संस्था, व्यवसायी, बुद्धिजिवि तथा नेपाली समुदायहरुमा राहात संकलनलाई तिब्रता दिन हार्दिक अनुरोध गर्दछौं । सबै संघ संस्थाहरु तथा व्यक्तित्वहरुले आ आफ्नो स्थानबाट सहयोग संकलन गरि उक्त समितिमा जम्मा गर्ने र सो समितिको निर्णय बमोजिम नेपाल पठाउने प्रबन्ध गरिनेछ ।
यो आकस्किम सहयोग भएकोले केहि दिन भित्र नै पठाउने योजना अनुरुप समितिको बैठक तथा संकलित रकमलाई एकिकृत गर्नको लागि आगामी २९ अप्रिल बुधबार बेलुका ६ः३० बजे टप फर्म उपस्थिति भइदिनुहुनको लागि सबैमा हार्दिक अनुरोध गर्दछौं । एनआरएनए एनसीसी कतारलाई सहयोग हस्तान्तरण गर्दा रसिद अनिवार्य लिइदिनु हुन समेत सबैमा अनुरोध गर्दछौं । एनसीसीले संकलन फर्म समेत तयार गरेको आवाश्यक भएमा सम्पर्क गर्नुहुन समेत अनुरोध गरिन्छ ।
थप जानकारी तथा विवरणहरु क्रमिकरुपमा संप्रेषण् गरिनेछ ।

धन्यबाद ।

– एनआरएनए एनसीसी कतार ।