NRNA Qatar News
" आप्रवासी नेपाली कामदारका चुनौती, अवसरहरु र एनआरएनएको भूमिका " विषयक कार्यशाला गोष्ठी सम्पन्न ।

एनआरएनएनए एनसीसी कतार उपसमिति सुरक्षित आप्रवासन तथा श्रमिक कल्याण समितिका संयोजक सुदर्शन भट्टले संघको तर्फबाट श्रमिक सम्बन्धि एनसीसी कतारको अवधारणा पत्र कार्यपत्र प्रस्तुत गर्नुभए संगै विषय प्रवेश भएको गोष्ठीमा छुट्टाछुट्टै विषयमा सहजकर्ता, प्यानलिस्ट, समिक्षक र समालोचक तथा विश्लेषक र टिप्पणीकर्ताहरु रहनुभएको थियो । कार्यपत्रमा कतारस्थित रोजगारदाता कम्पनीहरुबाट नेपाली कामदारहरुको माग, छनौट प्रक्रिया, प्रदान गरिने तलब सुविधाजस्ता विषयबस्तुहरु समेटिएका थिए ।
आप्रवासी नेपाली कामदारका चुनौति, अवसरहरु र एनआरएनएको भूमिका विषयमा एनआरएनए आईसीसी सदस्य द्धय बिमल सुबेदी र बिनोद भटटराई, रोजगारदाताबाट इजाजतवाला कम्पनीलाई प्रदान गरिने सेवा शुल्क भुक्तानी विषयमा बिनेश तामांग र प्रत्यक्ष र करार मार्फत कामदार आपूर्तिको तुलनात्मक अध्ययन विषयमा माया के.सी. ले सहजीकरण गर्नुभएको थियो ।
त्यसै गरी प्यानालिष्टमा आईसीसी मानार्थ परिषद सदस्य द्धय टी.बी. कार्की , नरेन्द्र भाट समिक्षक समालोचकमा करिम बक्स मियाँ र दिपक भेटवाल थिए भने टिप्पणकिारहरुमा हंसराज ढकाल, चानक पोखरेल, शंकर न्यौपाने, रकमध्वज राई, मो. हुसेन खान, सुरेश भट्ट, देव परियार, देवराज राई, प्रेम रसाईली थिए ।
कार्यक्रममा सहभागिहरु मध्ये सिताराम थापा र केबी हमालले कार्यक्रमको समिक्षा बारे आफ्नो धारणा ब्यक्त गरेका थिए ।
गोष्ठीमा बोल्दै राजदूत प्रा. रमेश प्रसाद कोइरालाले आपसी समन्वय, अपनत्व, सहकार्यले रचनात्मकता र उत्पादकतामा बृद्दि हुन जाने विश्वासका साथ नेपाली राजदूतावास र एनआरएनए कतारको संयुक्त आयोजनामा यो कार्यक्रम आयोजना गरिएको बताए साथै, कुनै पनि राम्रो कार्यको थालनी गर्न नेपाली राजदूतावास दोहा, कतार सदैब तयार रहेको कुरा समेत व्यक्त गरेका थिए ।
कार्यशालामा उपस्थित सहभागिहरु विचको वहस र छलफलबाट १२ बुंदे निष्कर्ष प्रतिवेदन जारी गरेको छ ।
कार्यक्रम राजदूतावासको तर्फबाट गायत्री पौडेल र एनआरएनएको तर्फबाट महासचिव बुधबल गुरुङले कार्यक्रम सञ्चालन गरेका थिए ।