Navigation
NRNA Qatar News

एनसीसी कतारद्वारा बधाई तथा शुभकामना ।

Sep 25, 2023
गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारले गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषदको आठौं महाधिवेशनबाट मध्यपूर्व संयोजकमा निर्वाचित आर.के. शर्मा त्यसैगरी एनसीसी कतारको सातौ महाधिवेशनबाट निर्वाचित आईसीसी सदस्यद्वय बिमल सुबेदी र कुमार कार्की लाई १० नोभेम्बर २०१७ का दिन एक कार्यक्रम आयोजना गरी बधाई तथा शुभकामना ब्यक्त गरियो । संघका अध्यक्ष नबिन पोखरेलको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा नेपाली राजदुतावासको द्दितीय सचिव गायत्री बहादुर पौडेल प्रमुख आतिथी हुनुहुनथ्यो । उक्त कार्यक्रममा आमन्त्रित विशेष अतिथिहरु एनआरएनए मध्यपूर्व क्षेत्रीय संयोजक आर.के.शर्मा, आईसीसी सदस्य बिमल सुबेदी, आईसीसी सदस्य कुमार कार्की, एनसीसी प्रमुख सलाहकार तथा निवर्तमान अध्यक्ष बिनेश तामाङ, आईसीसी पूर्व उपाध्यक्ष टि.बि. कार्की आईसीसी पूर्व उपाध्यक्ष सागर नेपाल, पूर्व मध्यपूर्व क्षेत्रीय संयोजक नरेन्द्र भाट, निवर्तमान मध्यपूर्व क्षेत्रीय उप-संयोजक उमेश अधिकारी, आईसीसी निवर्तमान सदस्य बिनोद भट्टराई, एनसीसी पूर्व अध्यक्ष कमलमणि गुरागाई रहनुभएको थियो । त्यसैगरि आमन्त्रित अतिथिहरुमा एनसीसी सल्लाहकारहरु क्रान्ति सिंह, बिल गुरुङ, मो. मुक्तदा मुसलमान, होमनाथ शर्मा रहनुभएको थियो भने आमन्त्रित अतिथि कै रुपमा सामाजिक अभियन्ताहरु देवराज राई, गणेश बन्जाडे, मो. अजिज अलि, चानक पोखरेल, रकमध्वज राई, सनी कुमार ओली, टि.एन. बराल लगायत कतारमा स्थापित सामाजिक संस्थाहरुका प्रमुख तथा प्रतिनिधिहरु रहनुभएको थियो । उक्त बधाई तथा शुभकामना कार्यक्रममा एनसीसी कतारका अध्यक्ष नविन पोखरेलले खदा ओढाएर र प्रमुख अतिथि नेपली दुतावासका द्दितीय सचिव गायत्री बहादुर पौडेल बधाई तथा शुभकामना पत्रद्वारा सम्मान गर्नुभएको थियो । सम्मान गर्ने क्रममा अर्का निर्वाचित मध्यपूर्व क्षेत्रीय उप-संयोजक प्रविन गुरुङ भने हाल नेपाल रहनुभएकोले उपस्थित हुन सक्नुभएन । सो कार्यक्रममा मन्तव्य राख्ने क्रममा प्रमुख अतिथि नेपाली राजदुतावासका द्दितीय सचिव गायत्री बहादुर पौडेललले मध्येपूर्व संयोजक र आईसीसी सदस्यद्वयलाई एकमुष्ट रुपमा दुतावास परिवारको तर्फबाट हार्दिक बधाई तथा कार्यकाल सफलताको शुभकामान व्यक्त गर्नुभयो । मन्तव्यको क्रममा उहाँले थप्नुभयो यस कार्यक्रममा महामहिम ज्यू स्वयं उपस्थित हुन चाहनुहुन्थ्यो तर केहि प्राविधिक समस्याले गर्दा उहाँ उपस्थित हुन सक्नुभएन । त्यसैले उहाँ लगायत दुतावास परिवारको तर्फबाट बधाई तथा शुभकामना सन्देश लिएर म उपस्थित भएको हुँ । त्यसैगरी पंजिकृत सदस्यहरुका तर्फबाट धनन्जय लम्साल र कतारका सम्पूर्ण संघ संस्थाहरुका तर्फबाट ठाकुर कुमार परियारले एकमुष्ठ रुपमा नवनिर्वाचित मध्यपूर्व क्षेत्रीय संयोजक तथा आईसीसी सदस्यद्वयलाई बधाई तथा कार्यकाल उपलब्धिमुलक र रहोस् भन्दै शुभकामना व्यक्त गर्नुभयो । कार्यक्रमको अन्त्यतिर सम्मानित व्यक्ति मध्येपूर्व क्षेत्रीय संयोजक आर.के. शर्माले आफुलाई यस जिम्मेवारीमा पुग्नको लागि सहयोग गनुहुने एनसीसी कतारका सम्पपूर्ण अग्रज, वर्तमान समिति तथा सदस्यहरु प्रति धन्यबाद व्यक्त गर्नुभयो । त्यसैगरी आइसीसी सदस्य विमल सुबेदीले एनसीसी कतारको प्रतिनिधिको रुपमा निर्वाचित भएर सपथ ग्रहण गरेसंगै कतार स्थित नेपाली श्रमिकहरुका समस्या निराकरणमा आँफु लागिपरेको बताउनुभयो । त्यसैगरी अर्का आइसीसी सदस्य कुमार कार्कीले मन्तव्यको क्रममा भन्नुभयो, हिजोको दिनमा हामीले एनआरएनका एजेन्डाहरुलाई आ आफ्नो तरिकाबाट घोषणा पत्रमा जे जस्तो उल्लेख गरिए तापनि अबको दिनमा ति सबै एजेन्डाहरुले एकरुपता लिनु पर्दछ, अनि मात्रै हामीले अपेक्षा र कल्पना गरेका एनआरएनएको मूल उद्देश्यमा पुग्न सक्छौं । अन्त्यमा कार्यक्रम समापन गर्ने क्रममा संघका अध्यक्ष नविन पोखरेलले एनसीसी कतारको २०१७-१९ कार्यकालको चयन संगै गैरआवासीय नेपाली संघको महाधिवेशनमा लाग्नुपरेकोले एनसीसी कतारले आफ्नो नियमित कार्यक्रमहरु सोचेजस्तो अगाडि बढाउन पाएका थिएनौं र अब भने एकपछि अर्को गर्दै संघको गतिविधिलाई अगाडि बढाउने बताउनुभयो । उहाँले भन्नुभयो कतारबाटै एनआरएनए अभियन्ता द्वयलाई मध्यपूर्व संयोजक र उप-संयोजकको रुपमा पाउनु पनि एनसीसी कतारको यस पटकको ठुलो उपलब्धि भएको बताउनुभयो । अशोक तामाङ प्रवक्ता एनआरएनए एनसीसी कतार