NRNA Qatar News
चर्चित आधुनिक गायक हेमन्त शर्मा कतारमा
![चर्चित आधुनिक गायक हेमन्त शर्मा कतारमा](https://www.nrnaqatar.org/uploads/posts/DSC_0130.jpg)
दोहा l सुगम संगीतका कर्णप्रिय आधुनिक चर्चित गायक हेमन्त शर्मा आज भर्खर कतार आई पुगेका छन् l एनआरएन कतारको संयोजकत्वमा दोहा कतारका ४७ वटा संघसस्थाहरुको आयोजनामा भोलि हुन गई रहेको बनभोजका साथै बिबिध सांगीतिक कार्यक्रमका लागी उनि कतार आएका हुन् l
नयाँ बर्षको खुसियाली साट्न आएका शर्माले कतारका आफ्ना दर्शकहरुलाई आफ्नै अगाडी नचाउदै छन् l १७ पटक कतार कतारको भुमि टेकेका उनले अहिलेसंग गरेर पाँचौ पटक कार्यक्रमका लागी कतार आएको बताए l कतारको माटोले आफुलाई तानिरहेको आभास हुने गरेको भन्दै अझै आफ्नो बैदेशिक यात्राको सुरुवात नै कतारबाट भएको समेत खुलाएका थिए l
नेपाली परम्परा र सस्कृतिलाई जगेर्ना तथा राष्ट्रिय पर्वहरु स्थापित सस्थाहरुलाई फरक फरक स्थानमा मनाउदा समय र आर्थिक भारको समस्या समेत पर्ने हुदा सम्पूर्ण संघसस्थाहरुको सहकार्यमा यो कार्यक्रम गरिन लागेको हो l कार्यक्रममा बिशेष गरेर आउदै गरेको नेपाली नयाँ बर्षको अवसरमा बिबिध सांगीतिक कार्यक्रम सहित शुभकामना आदानप्रदान कार्यक्रम गर्ने भएको छ l
बनभोज तथा बिबिध सांगीतिक कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको जानकारी एनआरएन अध्यक्ष बिनेश तामांगले दिएका छन् l कार्यक्रमलई भब्यरुपमा ब्यवस्थित र अनुसासित रुपमा सम्पन्न गर्नका लागि सम्पूर्ण संघसस्थाहरुले स्वयं सेवकको व्यवस्था गरेको छ l भने अन्य कार्यहरुको लागी समेत छुट्टाछुट्टै व्यवस्था समेत गरेको छ l
![Image may contain: 9 people, people smiling, people standing and night](https://scontent.fdoh2-1.fna.fbcdn.net/v/t1.0-9/17796432_1860540984162833_3902122250715280672_n.jpg?oh=adb3bc944c8e07b88033427b050389ec&oe=59625D94)