NRNA Qatar News
सामुदायिक सस्कृतिको मनोरञ्जनसंगै फुटबल खेल हेर्न पाउने l
दोहा l विश्वकप छनौट खेल अन्तर्गत हुन यो बिहिबार कतार र इरानको फूटबल खेल हुने भएको छ l आगामी २३ मार्चमा हुन गईरहेको खेल कतारको अलसाद फुटबल स्टेडियममा हुने भएको हो l यसै फूटबल खेलका बीच कतारमा हुन गईरहेको विश्वकप फुटबल प्रतियोगिता हेर्ने फिफाको उच्च निकाय कतारमा कम्युनिटी फेस्टिवल मनाउने तयारी समेत गरेको छ l
कम्युनिटी फेस्टिवलमा नेपाली समुदायका तर्फबाट एनआरएन एनसीसी कतारले प्रतिनिधित्व गर्ने छ l फेस्टिवलका लागी नेपाल सहित अन्य राष्ट्रहरुले समेत सहभागिता जनाउने भएका छन् l अन्य सहभागी राष्ट्रहरुमा भारत, केन्या, श्रीलंका, घाना, नाइजेरिया, इन्डोनेसिया, बंगलादेश, मलेसिया, पाकिस्तान र फिलिपिन्स रहेका छन् l
सम्पूर्ण समुदायहरुलाई ३/३ मिटरको एक/एक ओटा स्टल दिईने भएको छ l त्यहाँ आ-आफ्नो मुलुकका प्रतिनिधित्व गर्दै आएका समुदायले आफ्नो कला, सस्कृति, परम्परा लगाएत पर्यटन सम्बन्धि विभिन्न सामग्री, साथै नेपाल र नेपाली पहिचाहन बोकेका कुनै पनि कला र सस्कृतिको प्रवर्द्धन गर्न सकिने छ l साथै प्रत्यक समुदायको लागी कार्यक्रममा आ-आफ्नो सस्कृति झल्कने २ ओटा सास्कृतिक कार्यक्रम देखाउनको लागी १० मिनेटको समय छुट्याइएको छ l
नेपाली समुदायका परिवार तथा खेल प्रेमी नेपाली दाजुभाई तथा दिदीबहिनीहरुले सामुदायिक कला सस्कृतिमा मनोरञ्जन लिदै खेलको मज्जा लिन सक्ने छन् l साथै कतार र इरानको फुटबल खेल तथा कार्यक्रमको टिकट गेट पासको लागी एनआरएन एनसीसी कतारसंग सिधा सम्पर्क गर्न सकिने छ l