Navigation
Other Activity

एमआरपी आवेदन संकलन शिविर सम्पन्न

Sep 22, 2023

एनआरएनए एनसीसी कतारले बिशेष जोड दिइरहेको हस्तलिखित पासपोर्टलाई एमआरपीमा परिवर्तन अभियानलाई सहजीकरण गर्ने कार्यले पाएको तिव्रताले हस्तलिखित राहदानी बहाक नेपालीहरुमा राहातको महशुस गराएकोछ । एनआरएनए एनसीसी कतारको सहयोगमा २० फरवरीका दिन सनैया ३२ मा आयोजना गरेको एमआरपी आवेदन संकलन शिविर सम्पनन भयो । सो शिविर मार्फत २५७ जना नेपालीहरुले आवेदन दिएकाछन् । यो अभियानको निरन्तरताको रुपमा राजदुतावासले आगामी ४ हप्ता २७ फरवरी, ६ मार्च, १३ मार्च तथा २० मार्च शुक्रबारका दिन दुतावासमा एमआरपी आवेदन संकलन गर्ने भएकोछ । सो अवसरमा समेत एनआरएन एनसीसी कतारले बिशेष सहयोग तथा समन्वय गर्ने भएकोछ ।