Navigation
NRNA Qatar News

गैरआवासीय नेपाली संघ कतारको तीज कार्यक्रम अन्तिम तयारीमा

Sep 25, 2023
» Breaking News » गैर आवासीय नेपाली संघ कतारको तीज कार्यक्रम अन्तिम तयारीमा
final banner

गैर आवासीय नेपाली संघ कतारको तीज कार्यक्रम अन्तिम तयारीमा

रवि रोषी, दोहा । गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतार महिला विभागले कतारमा रहेका सम्पुर्ण महिलाहरुको लागि पवित्र तीज पर्व मनाउने तयारी अन्तिम अवस्थामा पुगेको जानकारी गराएको छ । हरेका आस्थावानहरुको पर्वलाई उत्तिकै महत्वका साथ कार्यक्रमको आयोजना गर्दै मनाउँदै आएको पर्वहरु जस्तै यस तीज पर्वलाई पनि उच्च महत्वको साथ मनाउने तयारी गरेको कुरा महासचिव ई.नन्द गर्वुजाले बताए । उक्त कार्यक्रम यहि अगष्ट २६ तारिखका दिन दोहाको मज्जा रेष्टुरेन्टमा दिनको १२ बजेबाट प्रारम्भ हुनेछ । कतारमा रहनुहुने सम्पुर्ण महिलाजन, महिलाहरुको मूल संस्था नेपाली महिला समाज कतार लगायत सपरिवार रहदै आउनुभएका सम्पुर्णलाई गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद महिला विभाग कतारले जानकारी गराईसकेको र गराउने क्रम जारी रहेको बताए ।