Navigation
NRNA Qatar News

जुलाई २१ र २२ मा दोहामा एनआरएनएको मध्यपूर्व क्षेत्रीय भेला हुँदै

Sep 25, 2023
जुलाई २१ र २२ मा दोहामा एनआरएनएको मध्यपूर्व क्षेत्रीय भेला हुँदै
dubai-doha-cheap-flights

गैर आवासिय नेपाली सँघ मध्यपूर्व क्षेत्रको पाँचौ ऐतिहासिक भेला आगामी जुलाई २१ र २२ मा कतारको राजधानी दोहामा सम्पन्न हुने घोषणा भएको छ । आईसीसी को क्षेत्रिय विभाजन अनुसार मध्यपूर्वमा कतार, युएई, बहराईन, ओमन, साउदी अरेविया, कुवेत, ईराक, लेवनान, ईजरायल र यमन पर्दछन । “पूर्ण सामाजिक सुरक्षा सहितको सम्मानित बैदेशिक रोजगार, समुन्नत राष्ट्र निर्माणको आधार” भन्ने मुल नाराका साथ हुन लागेको क्षेत्रिय भेला सम्पन्न गर्न यस क्षेत्रका आईसीसी प्रतिनिधी र पदाधिकारीहरु सम्मिलित ३५ सदस्य आयोजक समिती डिबी क्षेत्रीको संयोजकत्वमा निर्माण भएको छ । मध्यपुर्व क्षेत्रका नेपालीहरुका क्षेत्रिय मुद्धाहरु, यस क्षेत्रबाट अभियान र राष्ट्रको लागि दिन सकिने योगदानका बिषयमा केन्द्रित रहदै यस अघि ४ वटा भेलाहरु विभिन्न मुलुकहरुमा सम्पन्न भइसकेका छन् । पछिल्लो भेला एनसीसी बहराइनको आतिथ्यतामा ९ र १० मे २०१४ मा बहराइनको मनामामा १२ बुँदे बहराईन घोषणा पत्र जारी गर्दै सम्पन्न भएको थियो । राष्ट्रमा सर्वाधिक रेमिट्यान्स पठाएर अर्थतन्त्रलाई टेवा दिइरहेको यस क्षेत्रमा कार्यरत गैरआवासीय नेपालीहरुका कठिनाई, तिनको समाधानका उपायहरु, यस क्षेत्रमा राष्ट्रको कला संस्कृति, पर्यटन र व्यापारको सम्भावनाका बिषयमा यो बैठक केन्द्रित हुने जारी विज्ञप्तिमा जनाईएको छ । एनसीसी कतारको आतिथ्यतामा मध्यपूर्वको क्षेत्रिय भेला दोहामा गर्ने प्रस्तावलाई अन्तराष्ट्रिय समन्वय परिषदको ५३ बैठकले स्वीकृति दिएको थियो ।