Navigation
NRNA Qatar News

एनआरएनए कतारको महाधिवेशन अगष्टमा , प्यानल बनाउन नपाईने ।

Sep 25, 2023
घनश्याम पराजुली (कृष्ण), दोहा । गैर आवासिय नेपाली संघ राष्ट्रिय सम्वन्य परिषद कतारको छैठौ राष्ट्रिय महाधिवेशन आगामी १४ अगष्टमा हुने भएको छ । राष्ट्रिय महाधिवेशन अन्र्तगतको निर्वाचन सत्र १ हप्ता पछी २१ अगष्टका दिन हुने पक्का भएको छ ।  एनआरएनए एनसिसी कतारको निर्वाचन सम्मन्न गर्नका लागी चौथौ परिषद भेलाले निर्वाचन समिती गठन गरि जिम्मेवारी दिईसकेको छ । संस्थाका प्रमुख सल्लाहकार गुरुनारायण रानाभाटको संयोजकत्वमा रहेको निर्वाचन समितीको सदस्यहरुमा युवराज पाठक , केवी हमाल , गणेश शिवा , देवराज राई , महतव आलम , रामु बस्याल , प्रताप ढुङ्गाना , असंद हुसेन रहेका छन ।  एनआरएनए कतारको २०१५–२०१७ का लागी पंजिकृत सदस्यहरुको अन्तिम नामावली प्रकाशित गरि  छैठौ राष्ट्रिय महाधिवेशनका लागी तयारी हुदै छ ।  आगामी २४ जुलाई विहान १२ बजेबाट बेलुकी ६ बजे सम्म गोल्डेन र्फक रेष्टुरेन्ट उम्मेदवारी दर्ता गर्ने र सोही दिन बेलुकी ८ बजे उम्मेदवारहरुको प्रथम नामावली प्रकाशित गर्ने भएको छ ।   दर्ता भएका उम्मेदवारीहरु माथी २५ देखी २७ जुलाई भित्र दावी विरोध गर्न पाईने नियम बनाईएको छ भने  ७ अगष्ट सम्म उम्मेदवारी र्फिता गर्न सकिने व्यवस्था रहेको छ । एनआरएनए कतारको २०१५–२०१७ का लागी दर्ता भएका उम्मेदवारीको अन्तिम नामावली ७ अगष्टमा प्रकाशन गरिने भएको छ । एनआरएनए कतारको निर्वाचन तालिका अनुसार १४ अगष्टमा दोहा स्थिती पुरानो सलतामा रहेको कोरल होटलमा छैठौ राष्ट्रिय महाधिबेशन गर्ने साथै २१ अगष्टमा निर्वाचन र २२ अगष्टका दिन मत गणनाको परिणाम घोषणा गर्ने कार्यक्रम तय भएको हो ।  एनआरएनए कतारले उम्मेदवारीका लागी दर्ता शुल्क समेत तोकिसकेको छ । आईसिसी सदस्य तथा एनसिसी कतारको अध्यक्ष पदमा लागी ७ सय ५० रियाल , उपाध्यक्षहरु र महासचिवका लागी ५ सय रियाल , सचिव , कोषाध्यक्ष , युवा संयोजक र महिला संयोजकका लागी ४ सय रियाल  साथै सदस्यहरुका लागी १ सय रियाल उम्मेदवारी दर्ता शुल्क लाग्नेछ ।  उम्मेदवारहरुका लागी सर्तहरु र पालना गर्नु पर्ने आचार संहिता सहित योग्यता समेत तोकिएको छ । उम्मेदवारहरु गैर आवासिय नेपाली संघ राष्ट्रिय सम्वन्य परिषद कतारको पंजिकृत सदस्यता अनिवार्य लिएको हुनु पर्ने छ । आईसिसी सदस्यका लागी एक कार्यकाल  एनसिसी कतारको कार्यसमितीमा बसेर काम गरेको हुनुपर्ने छ भने अध्यक्ष पदका उम्मेदवारहरु कम्तीमा एक कार्यकाल कार्यसमिती , सल्लाहकार समिती वा उपसमितीहरुमा वसेर काम गरेको हुनु पर्ने छ । त्यस्तै महासचिव पदको उम्मेदवारका लागी एक कार्यकाल पंजिकृत सदस्य बनेको हुनु पर्ने उल्लेख गरिएको छ । एनआरएनए कतारले जारी गरेको उम्मेदवारीका सर्त अनुसार ‘प्रत्येक उम्मेदवारले एक एक जना पंजिकृत सदस्यहरुलाई प्रस्तावक र समर्थकको रुपमा राख्नुपर्ने । एक जना पंजिकृत सदस्यले एक जना उम्मेदवारको मात्र प्रस्थावक तथा समर्थक रहन पाउने । आईसिसी सदस्यहरु , एनसिसी अध्यक्ष , उपाध्यक्षहरु , महासचिव , सचिव , कोषाध्यष , ६ जना खुल्ला सदस्य , युवा संयोजक गरी १५ जनाको निर्वाचन सम्पुर्ण पंजिकृत सदस्यहरुबाट हुने । नेपालका ५ विकास क्षेत्रहरुको प्रतिनिधित्व गर्ने पंजिकृत सदस्यहरु मध्येवाट एक एक जनाका दरले क्षेत्रगत रुपमा निर्वाचिन हुने त्यसका लागी सम्बन्धित विकास क्षेत्रका पंजिकृत सदस्यहरुले मात्र उम्मेदवारी तथा मतदान गर्न पाउनेछन र उम्मेदवारको प्रस्तावक र समर्थक  पनी सोही क्षेत्रको पंजिकृत सदस्य हुनुपर्ने छ । ’ एनआरएनए कतारको महिला संयोजक र १ जना महिला सदस्यको उम्मेदवारलाई महिला पंजिकृत सदस्यहरुले मात्र मतदान गर्न पाउने व्यवस्था छ । त्यस्तै आदिवासी जनजाती समुदायबाट २ जना , मुस्लिम समुदायबाट २ जना , तराई मधेस समुदायबाट २ जना र दलित समुदायबाट २ जना सदस्यहरुका लागी सम्बन्धित समुदायका पंजिकृत सदस्यहरुबाट निर्वाचित हुनुपर्ने छ । एक व्यक्तिले एक मात्र उम्मेदवारी दिन पाउने  , एनआरएनए कतारको परिचयपत्र विना मतदान गर्न नपाईने नियम उल्लेख गरिएको छ ।  एनआरएनए कतारको निर्वाचन समितीमा रहेका कुनैपनी सदस्यहरुले कुनै पनी उम्मेदवारहरुको प्रस्तावक , समर्थक तथा कसैको पक्ष वा विपक्षमा अभिव्यक्ति दिन पाउने छैन । उम्मेदवारहरुले समेत आफ्नो प्यानल बनाउने , सामुहिक उम्मेदवार तथा प्रचार प्रसार गर्न नपाउने नियममा उल्लेख गरिएको छ । राजनैतिक , क्षेत्रिय , जातिय तथा धार्मिक आधारमा कुनै समुह वा प्यानलको अधारमा चुनाव लड्न वा समुहगत रुपमा मतको आह्वान गर्न साथै प्रचार प्रसार गर्न नपाईने भएको छ । उम्मेदवारहरुले संघको आचार संहितामा लिखित प्रतिबद्धता गरी उम्मेदवारी मनोनयनको फारमका साथमा पेश गर्नुपर्ने छ ।  आचारसंहिताको पालना नगरी प्राप्त भएका मनोनयनका उपर प्रमाण सहित लिखित उजुरी परेका निर्वाचन समितीले मनोनय रद्ध गर्न सक्ने अधिकार दिईएको छ । उम्मेदवारहरुले एक अर्का विरुद्ध व्यक्तिगत टिका टिप्पणी , गाली गलौच , आर्थिक प्रलोभन , धाक धम्की , मानसिक तथा भौतिक तनाव साथै अन्य माध्यमहरुमा आचारसंहिता उलंघन गरेको पाईएमा उम्मेदवारी खारेज हुने नियममा उल्लेख गरिएको छ  ।  कतारलाई यतीबेला एनआरएनएको चुनावी माहोलले तताएको छ । एनआरएनए कतारको कार्यसमितीमा रहेर काम गर्न ईच्छुक व्यक्तिहरुले आफ्नो उम्मेदवारी घोषणा गरिरहेका छन । कतै सहमतीका कुरा त कतै चुनावी प्रक्रियाका कुराले यतीबेला कतारमा रहेको नेपाली समुदाय दौडधुममा देखिन्छ । कतारको वस्तुस्थितीलाई मध्यनजर गर्दै एनआरएनए कतारको महाधिवेशन सफल बनाउन संघले आह्वान गरिरहेको छ । संघको निर्देशिकाले दिएको अधिकारलाई पालना गर्दै एनआरएनए कतारको महाधिवेशन सफल बन्ने कतारमा कार्यरत नेपालीहरुले आशा गरिरहेका छन ।  - See more at: http://www.imagenepalnews.com/news/5634#sthash.uXacOceQ.iY7kUfE6.dpuf