Navigation
NRNA Qatar News

इफ्तार तथा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना

Sep 25, 2023
गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारले  इस्लाम धर्मबालम्बीहरुको पवित्र महिना रमदानको पावन अवसरमा आज ५ जुलाईका दिन आयोजित इफ्तार तथा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गर्यो । कार्यबहाक नियोग प्रमुख मणी रत्न शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नियोग द्धितिय सचिव नितेश सापकोटा, एनसीसीका सल्लाहकार संयोजक गुरुनारायण रानाभाट, सल्लाहकारहरु क्रान्ति सिंह, चुडामणी कार्की, दिलकिरण खजुम, बिमल सुबेदी, बिनेश तामाङ, करीम बख्स मिया, पुर्व अध्यक्ष कमलमणी गुरागाँई, कतारमा स्थापित मुस्लिम संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, एनसीसीका पदाधिकारीहरु लगायत उल्लेख्य इस्लाम धर्मालम्बी नेपालीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि लगायतका वक्ताहरुले पवित्र महिना रमदानको महत्वको चर्चा गर्दै शुभकामना व्यक्त गर्नु गर्नु भएको थियो । सोहि अवसरमा कतार बसाई पुरा गरेर नेपाल फर्कन लाग्ुभएको एनसीसी सचिवालय सदस्य प्रेम सिटौलालाई विदाई समेत गरिएको थियो ।