Navigation
NRNA Qatar News

एनआरएन कतारद्धारा ३५ हजार सहयोग

Sep 25, 2023
घनश्याम पराजुली (कृष्ण)  , दोहा । दुई बर्ष देखी ११ बर्षिय छोरालाई काठमाडौमा पढाउन राखेको थिए । भक्तपुरको एक स्कुलमा पढ्दै थियो । छोरा सिरेशले राम्रो शिक्षा पाउला भनेर आफ्नो भाईको परिवारसँगै राखेर पढाईरहेका थिए । उनीहरु भाडामा बस्थें । भाईले काठमाडौमा चालकको काम गथ्र्यो । जुल्मा पट्मरा ३ का ३९ वर्षिय हरी बहादुर बुढा यतीबेला आफ्नै छोरो सहित भाईका ४ परिवारलाई गुमाउनुको पिडामा छन भने अर्को तिर कतार आएको २२ महिना पुग्दै गर्दा अलपत्र बन्नु परेको छ ।  कतारमा कार्यरत उनलाई गत बैशाख १२ गते नेपालमा आएको विनाशकारी भुकम्पले झस्कायो । उनले जुम्लामा श्रीमतीलाई सम्पर्क गरे , काठमाडौमा छोरालाई सम्पर्क गरे सबै ठिकै थियो । नेपालको हालत जस्तै भएपनी परिवार कुशलै रहेको खबरले ढुक्क भए । खान लाउन नेपालमा नै पुगिरहेको थियो । ३ सन्तानका बाबु उनले छोराछोरीको भविश्य र बुढेशकालमा सजिलो होला भन्ने सोचका साथ प्रवास पस्ने निधो गरे । आफन्त र म्यानपावरको सहयोगमा १ लाख ५ हजार रुपैया तिरेर कतार आए उनी । कतारमा उनले भनेजस्तो काम थिएन तर तलव भने राम्रै पाए । नेपालमा भनिएको भन्दा ५० रियाल तलव बढी पाएका उनको सपना ३ महिनामा नै चकनाचुर बन्यो । कतारको मैजार स्थित एक ईरानी रेस्टुरेन्टमा १३ महिना कार्यरत उनले मात्र ५ महिनाको तलव बुझेका छन । ३ महिना सम्म राम्रै थियो त्यस पछी एक एक महिना गर्दै रेष्टुरेन्टको स्थिती नाजुक हुदै गएपछी रेष्टुरेन्ट नै बन्द भयो अनी कतारमा अलपत्र बन्न पुगियो उनी बताउछन । उनले आफुले काम गरेको तलव पाउनु पर्ने भन्दै कतारको उच्च अदालतमा मुद्धा दिएका छन । उनी यतिबेला कतार स्थित नेपाली दुतावासको शरणमा आईपुगेका छन ।   महाभुकम्पले प्रवासमा रहेका उनलाई ठुलै चोट दियो । यो पिडामा उनी न त सजिलै घर र्फकन सकेका छन न त काम नै छ । नेपालले पुनः बैशाख २९ गते त्यस्तै अर्को ठुलो भुकम्पको सामना गर्नुपर्यो । भक्तपुरमा ठुलो क्षती भएको खबरले हरी बहादुर बुढाको मनमा हलचल मच्चाईदियो । उनले घरमा श्रीमतीलाई फोन गरेर काठमाडौ पठाउने निधो गरे । दोश्रो ठुलो भुकम्प गएको ४÷५ दिन पछी उनकी श्रीमती झुम्की छोरा र देवरका परिवारको अवस्था बुझ्न काठमाडौ पुगिन् । उनले कतारमा रहेका श्रीमानलाई सम्पर्क गरी आफ्नो छोरो सहित भाडामा बसेका उनका देवरका परिवार सबै भाडामा बसिरहेको घर भत्केर पुरिएको बताएपछी अरु कुरा गर्न नपाई सम्पर्क विच्छेद भयो । त्यसपछी आज सम्म पनी उनको श्रीमतीसँग सम्पर्क हुन सकेको छैन । आफ्ना ५ जना परिवारका सदस्य गुमाउनु परेको पिडा सुन्न नसकी श्रीमती बेहोस बनेको खबर पाएपछी कतारमा हरीलाई खपिनसक्नु भएको छ । कुन अस्पतालमा उपचार गरिरहेकी छन उनको अवस्था कस्तो छ बुझ्न समेत पाएका छैनन् ।  उनले भाईलाई पहिलो भुकम्प आएपछी नै जुम्ला जान अनुरोध गरेका थिए । तर दैनिक काम गरेर गुजारा गरिरहेका भाई पैसा नभएर जुम्ला जान नसकेको अघिल्ला दिनहरुमा भनेको कुरा सम्झँन्छन् । कतार आएको ऋण समेत तिर्न नसकेका हरिबहादुरले भाईलाई जुम्ला जाने भाडा सम्म पठाउन नसकेकोमा धेरै पछुतो भएको छ । आफै अलपत्र परिएको छ कहाँबाट पैसा पठाउँ उनी गहभरी आशु बनाउदै भन्छन् । म प्रवासमा अलपत्र परेको छु नेपालमा परिवारको कुनै खबर छैन् । उनको यो पिडा साच्चै नै कहाली लाग्दो छ । सबै आउदै सोधपुछ गर्दै जान्छन्  तर म नेपाल फर्कने बाटो कसैले देखाउदैनन् । नेपाली दुतावासले आईतवार सम्ममा कुराको निधो दिन्छु भन्ने आश्वासनले अली ढुक्क देखिए । नेपाल फर्कन सके परिवारको खोजी हुन्थ्यों । छोरो त गुमाईसके कतै श्रीमती पनी उपचार नपाएर गुमाउनु पर्ने त हैन भन्ने चिन्ताले उनलाई सताईरहेको छ । यता काठमाडौ आएकी श्रीमतीको अत्तोपत्तौ छै उताँ जुम्लामा १३ र १६ बर्षिय दुई छोरीहरु कसरी बसेका होला भन्ने पिरले सताईरहेको छ कतारमा हरिबहादुरलाई । पाँच जना परिवार गुमाउदा समेत भनेको बेलामा नेपाल र्फकन सकिन् कस्तो भुमरीमा परियो उनी पटक पटक भन्छन् ।  एनआरएन कतारद्धारा ३५ हजार सहयोग दुतावासको शरणमा रहेका हरि बहादुर बुढालाई गैर अवासिय नेपाली संघ कतारले राहात स्वरुप कतारी रियाल १ हजार २ सय ५० ( ३५ हजार रुपैयाँ ) सहयोग गरेको छ । न्यायका लागी अदालत पुगेका उनलाई केही राहात मिलोस भन्ने हेतुले सहयोग गरिएको हो ।  एनआरएनए कतारका केन्द्रिय सदस्य तथा श्रमिक कल्याण तथा सुरक्षित आप्रवासन समिती संयोजक चिन्तामणी पौडेलको पहलमा उनलाई सहयोग गरिएको हो ।  पिडित हरिबहादुर दुतावासमा आश्रय लिएर बसेका छन । एनआरएनएको सदस्यता आवेदन फारम संकलनका लागी दुतावासमा खटिएका पदाधिकारीहरु कुमार कार्की , बिनोद भट्टराई , दोर्ण बस्नेत , नन्द र्गवुजा , मुक्तार आलम , प्रेम सिटौला लगायतको रोहवरमा सहयोग गरिएको हो । पिडित हरिवहादुर नेपाल र्फकने प्रतिक्षामा छन ।  - See more at: