Navigation
NRNA Qatar News

राष्ट्रिय परिषद (पंजिकृत) सदस्यता आवेदन दिने म्याद थप गरिएको सम्बन्धि सुचना

Sep 25, 2023
  राष्ट्रिय परिषद (पंजिकृत) सदस्यता आवेदन दिने म्याद थप गरिएको सम्बन्धि सुचना गैरआवासीय नेपाल संघ, राष्ट्रिय समन्वय परिषद, कतारको निर्देशिका बमोजिम गत ३ अप्रिल २०१४ मा सम्पन्न भएको चौथो तथा अन्तिम राष्ट्रिय परिषद् बैठक मार्पmत आगामी कार्यकाल २०१५–२०१७ का लागि राष्ट्रिय परिषद् (पंजिकृत) सदस्यता नविकरण तथा नयाँ सदस्यता वितरणका लागि आवेदन खुल्ला गरि सदस्यता फारम बुझ्न र बुझाउनको लागि आज मिति २९ मई सम्मको म्याद तोकिएकोमा नेपाल गएको महाभुकम्पबाट प्रभावित भएर तथा पिडिहरुको सहयोग÷उद्धारमा व्यस्त भएर उक्त म्याद भित्र आवेदन दिन नपाएका गैरआवासीय नेपालीहरुको अवस्थालाई मध्य नजर गर्दै कतारमा रहनुभएका आइसीसी पदाधिकारीहरुको समेत परामर्शमा आवेदन दिने म्याद आगामी १२ जुन २०१५, शुक्रबार बेलुका ८ बजे सम्मको लागी थप गरिएको व्यहोरा यसै सुचना मार्फत सम्बन्धित सबैमा जानकारी गराइन्छ । आवेदन दिने प्रक्रिया तथा आवाश्यक कागजातहरु पुर्व सुचनामा उल्लेख गरिए बमोजिम रहनेछन् । तपशिलः
  • आवेदन फारम बुझाउने अन्तिम मितिः १२ जुन २०१५ शुक्रवार साँझ ८ बजे सम्म ।
  • आवेदन फारमका साथमा संलग्न गर्नुुपर्नेः
  • सदस्यता दस्तुर वापतः कतारि रियल १०१ (एक सय एक मात्र),
  • आवेदकका हालै खिचिएको पासपोर्ट साइजको फोटो २ प्रति,
  • कतार प्रवेश गरेको २ बर्ष पुरा भएको प्रमाणीत गर्ने कागजात १ थान ।
थप जानकारी तथा आवेदनको लागि सम्पर्क व्यक्तिहरुः बिनोद भट्टराई ७७७६९५२१, प्रेम सिटौला ६६२९५९५५, छविरमण कटुवाल ५५८७१२२६, नन्द गर्बुजा ७७४०९२२४, गोप सुनार ७७७४१८३२, चिन्तामणि पौडेल ७७०५४८६६, ************************************************************************************************************ एनआरएनए एनसीसी कतारले सदस्यता आवेदन बुझ्ने जिम्मेबारी पदाधिकारी तथा कार्यसमिति सदस्य बाहेक अरु कसैलाई पनि दिएको छैन । तसर्थ सम्पूर्ण आवेदकहरुलाई आफ्नो आवेदन फर्म तथा शुल्क एनसीसी कतारका पदाधिकारी तथा सदस्यहरुलाई बुझाई नगद रसिद लिनुहुन सम्बन्धित सबैमा हार्दिक अनुरोध गरिन्छ । सदस्यता आवेदन दिने अन्तिम मिति आगामी २९ मई २०१५, शुक्रबार सम्म मात्र भएकोले सो अवधि भित्र एनसीसीलाई प्राप्त नभएका आवेदनहरुको जिम्मेबारी एनसीसीको नरहने जानकारी समेत सबैमा अनुरोध गरिन्छ । अनलाइन आवेदकहरुलाई जरुरी सुचना । एनआरएनए एनसीसी कतारको आगामी कार्यकाल २०१५–१७ को लागि अनलाईनबाट पंजिकृत सदस्यता आवेदन दिनुभएका कतिपय आवेदनकले राख्नुभएको इमेल ठेगानामा पठाइएको इमेल डेभिरी फेल भइरहेको तथा कतिपय आवेदकहरुले इमेल ठेगाना नै उल्लेख नगर्नु भएको पाइएकोछ । सम्पूर्ण आवेदकहरुलाई इमेल मार्फत थप जानकारी पठाइने भएकोले सबैले आवेदन दिदा उल्लेख गर्नु भएको इमेलबाट आवाश्यक जानकारीहरु लिई त्यहि अनुसार गर्नु हुन अनुरोध गरिन्छ । अनलाईन आवेदकहरुले पनि आवेदन दिने अन्तिम मिति आगामी शुक्रबार, २९ मई भित्रमा शुल्क तथा आवाश्यक कागजात बुझाइ सक्नुपर्ने भएकोले सम्बन्धित सबैमा यसै सुचना मार्फत अनुरोध गरिन्छ । आगामी शुक्रबार २९ मईका दिन दिनको ३ बजे देखी बेलुका ६ बजे सम्म नेपाली दुतावास स्थित एनआरएनए डेक्सबाट आवेदन संकलन गरिनेछ ।