Navigation
NRNA Qatar News

गैरआवासिय नेपाली संघ कतारद्धारा श्रद्धान्जली सभाको आयोजना , अहिले सम्म १५ लाख ४० हजार सहयोग संकलन।

Sep 25, 2023

गैर आवासिय नेपाली संघ कतारद्धारा श्रद्धान्जली सभाको आयोजना , अहिले सम्म १५ लाख ४० हजार सहयोग संकलन।

Posted on May 09 2015
8  0  0
दिलिप पराजुली , कतार । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् कतारले महाभुकम्पमा परि जीवन गुमाएकाहरुको सम्झनामा कतारमा श्रद्धान्जली सभाको आयोजना गरेको छ।गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् कतारले गत २५ अप्रिल २०१५ का दिन नेपालमा गएको विनासकारी महाभुकम्पमा परि जीवन गुमाएकाहरुको सम्झनामा कतारको गोल्डेनफोर्क रेष्टुरेन्टको शभाहलमा उक्त विनासकारी भूकम्पमा परि ज्यान गुमाउनेहरुको १३ औ पुण्य तिथिको दिन पारेर श्रद्धान्जली सभाको आयोजना गरेको हो।एनसीसी कतारका कार्यवाहक अध्यक्ष कुमार कार्कोको शभापतित्वमा आयोजना गरिएको उक्त शोक शभामा नेपाली राजदूताबासका कार्यबाहक राजदुत मणिरत्न शर्मा, दित्तिय सचिब नितेश सापकोटा, सस्थापक आइसीसी उपाध्यक्ष डा देवकाजी डंगोल, मध्यपुर्व क्षेत्रिय उप -संयोजकपूर्ण के सी, आइसीसी सदस्य उमेश अधिकारी, पुर्ब अधक्ष्य कमलमणी गुरागाई, एन सी सी कतारका सल्लाहकारसंयोजक गुरुनारायण रानाभाट, सल्लाहकार आर के शर्मा, बिनेश तामांग, पत्रकार महासंघ कतारका अधक्ष्य गणेश प्रसाद बन्जाडे, केहि राजनीतिक पार्टीका भात्री संगठनका प्रमुखहरु, केहि  जिल्ला सस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको उक्त कार्यक्रमलाइ गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् कतारका महासचाचिब बिनोद प्रसाद भट्टराईले संचालन गरेका थिए।   उक्त सोकसभामा शोक मन्तब राख्दै पुर्ब अधक्ष्य कमलमणी गुरागाईले भने देश सोकमा डुबेको छ । नेपाल आमा रोएकी छिन । लाखौ मानिस घरबार बिहिन भएका छन्, हजारौ टुहुरा भएका छन्, बर्षौ देखिका धरोहर बिनास भएका छन् । यस्तो अबस्थामा हामी प्रबासीएका नेपालीहरुले आफुले सक्दो राहत पठाउनु पर्ने मा जोड दिए, तर बिडम्बना दोहाका केहि राजनीतिक भात्री सस्थाहरुले गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् कतारले गरेको हातेमालो कार्येक्रममा होडबाजी गर्न खोजेको भन्दै दुख व्यक्त गरे, देशमा अहिले एनआरएनए ले जसरि राहत वितरणमा प्रतक्ष्य खटिरहेको छ । यदि एनआरएनए संग होडबाजी गर्ने हो भने अहिलेको अबस्थामा सस्थागत रुपमा राहत वितरणमा खटिनु पर्ने स्पस्ट पारे। त्यस्तै यो भन्दा पहिले पनि विभिन्न ठाउमा विभिन्न तरिकाले गरिब दुखी र निमुखाहरुका लागी आबस्यक लत्ताकपडा खाधान्न तथा बिबिध तरिकाले सहयोग गर्दै आएका ब्याबसायी तथा समाजसेवी एनआरएनए एनसीसी कतारका सल्लाहकार आर के शर्माले यो महाप्रलयकारी भूकम्पले देशमा ठुलो धन जनको क्षति पुर्याएकोले हामीले जहाँ बाट जति सकिन्छ सहयोग गर्नु हाम्रो कर्तब्य हुन आउछ भन्दै सबैलाई सहयोग गर्न अआग्रह गरेका गरे।   देश शोकमा डुबेको बेला हामी प्रबसिले भाषण बाजी भन्दा सहयोग गर्न अपरिहार्य रहेको बताए । समाजसेवी तथा ब्यबसायी शर्माले यस आघि पनि ठुलो धनरासी बराबरको खाद्यन, लत्ताकपडा, कम्मल आदि प्रदान गरिरहेका छन । शोक मन्तब राख्ने क्रममा कार्यबाहेक राजदुत मणि रत्न शर्माले भने यो परिस्थितिमा सम्पूर्ण नेपाली जनतामा भगवानले सहन सक्ने शक्ति प्रधान गरुन भन्दै यहाँ बाट बिभिन्न कुटनीतिक निकायहरुसंग राहतका लागि परामर्श भइ रहेको बताए।     राहतका लागि जिन्सी सामानहरुमा कम्मल, त्रिपाल, ड्रई फूड तथा मेडिसिन जन्य पदार्थ पठाउन सक्ने बताए  । यसको लागि पनि विभिन्न कार्गो कम्पनि संग परामर्श भैरहेको बताए । कार्येक्रमको अन्तमा का बा अधक्ष्य कुमार कार्कीले शोक सभामा उपस्थिति सम्पूर्ण लाइ धन्यबाद दिदै एनआरएनए कतारले अहिले सम्म संकलन भएको राहत लगभग कतारी रियल ५५०००/- (रु १५ लाख ४० हजार  ) उठी सकेको जानकारी दिदै यो पैसालाई नेपाल पठाउने तयारी भई रहेको जानकारी दिदै कार्यक्रमको समापन गरेका थिए।
- See more at: http://www.imagenepalnews.com/news/4663#sthash.ZLdIBL6c.uX6ve7GN.dpuf - See more at: http://www.imagenepalnews.com/news/4663#sthash.ZLdIBL6c.uX6ve7GN.dpuf