Navigation
NRNA Qatar News

एनआरएनए कतारको अबिधेशन अगष्टमा हुने ।

Sep 25, 2023
घनश्याम पराजुली / दिल कुमार श्रेष्ठ , दोहा । गैर आवासिय नेपाली संघ राष्ट्रिय सम्वन्य समिती  कतारले यो कार्यकालको चौथो तथा आन्तिम परिषद् भेला सम्पन्न गरेको छ । सो भेलाले  संघको प्रगति प्रतिवेदन तथा  आर्थिक प्रतिवेदन साथै निर्देशिकाको बारेमा  समेत छलफल गरेको थियो । भेलाले संघको छैठौ महाधिवेशन आगामी १४ अगष्टमा गर्ने निर्णय गर्दै नयाँ परिषद् गठनको कार्यतालिका पनि तय गरेकोछ । जस अनुसार २०१३–१५को परिषद् भंङ्ग भई २०१५–२०१७ को लागि सदस्यता आवेदन आह्वान गरिएकोछ ।  आगामी २९ मे लाई सदस्यता आवेदन दिने अन्तिम मिति, १० जुनमा आवेदकहरुको प्रारम्भीक नामावली प्रकाशन, ११ देखि १७ जुन सम्म आवेदकहरुमाथि दावि विरोध तथा २५ जुन सम्ममा २०१५–१७ को लागि पंजिकृत सदस्यहरुको अन्तिम नामावलि प्रकाशन गर्ने भएको छ । सदस्य सम्बन्धि सम्पूर्ण कार्यहरु पुरा  गरि निर्वाचन समितिलाई हस्तारन्तरण गर्नेछ । भेलाले  आगामी कार्यकालको लागि  निर्वाचन समितिको संयोजकमा सल्लाहकार संयोजक गुरुनारायण रानाभाट नियुक्त गरेको छ ।   चौथो परिषद् भेलाको जनाउको संज्ञाको रुपमा चार ओटा दिप प्रज्वलन र रास्ट्रिय गानसंगै  सम्पन्न कार्यक्रममा अध्यक्ष मक्सुद अलामले  सभापतित्व गरेका थिए । प्रमुख अतिथिमा एनआरएनएनए आईसिसीका उपाध्यक्ष  टि. बि. कार्की रहेका थिए ।  कार्यक्रममा स्वागत उपाध्यक्ष कुमार कार्कीले स्वागत मन्तव्य राखेका थिए भने महासचिव बिनोद भट्टराईले  सन्चालन गरेका हुन । प्रगति प्रतिवेदन  महासचिब बिनोद भट्टराई तथा कोषाध्यक्ष दोर्ण बस्नेत आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । भेलामा परिषद सदस्यहरुले  कतारमा स्याङ्गजाका कुसल कार्कीले पाएको सजाय माथि  कुनै प्रक्रिया नचालिएकोमा गुनासो पोखेका थिए । एनआरएनए को भवन निर्माणको लागि पठाईएको रकमको पुर्ण विवरण प्रतिवेदनमा नआएको साथै कलाकार खर्च, बिशेष बैठक खर्च, लगाएत अन्य खर्च कहाँ कहाँबाट कसरि गरियो भन्ने कुरा प्रष्ट नभएको पार्षदहरुले जिज्ञाषा राखेका थिए ।  एनआरएनए कतारमा कार्यक्रमहरु श्रमिकमैत्री नभई खेलकुद मैत्री र नाचगान तिर मात्र लागेको  गुनासो  गरेका थिए । साथै जिल्ला संस्थाहरुसँग प्रतिस्पर्धा  गर्न खोजेको जस्तो लागेको भन्दै पार्षदहरुले आम्दानी भन्दा खर्च बडी तथा ग्लोबल कन्फेडेरेसनमा मौन बसेकोमा  आक्रोश प्रकट गरेका थिए । कार्यसमितीबाट  संकलित लेबी बारेमा स्पष्ट नखुलाईएको तथा अधिक खर्च बारे भेलाले कुरा उठेका थियो ।  श्रमिकको हक हितको लागि भनिएको  भएपनि प्रतिवेदनमा यस्तो कहिँ कतै उल्लेख  नभएको मो.अजिज अलि भन्छन ।  त्यसै गरि   अर्घाखाँचीका युवराज पाण्डेले देउसी भैलोबाट संकलन भएको रकम कतै सहयोग नगरी एन. आर. एनको खातामा  राखेको र लोकल कलाकारलाई  हेपेको भन्दै  आपत्ति जनाएका थिए । कतारमा मनाईएको एनआरएन डे , नेसनल डे तथा अन्य सभा समारोहमा खर्च धेरै भएको  तर पिडितहरु तर्फ खर्च थोरै गरिएको प्रती पार्षदले आपत्ति जनाएका थिए ।  छलफलमा उठेका प्रश्नको  जवाफ  महासचिब बिनोद भट्टराईले दिए दिदै  केहि तल माथि भएपनि  संघ आफ्नो ब्यबहारबाट पछि नहटेको र  कहिँ कतै देखिएको  त्रुटिलाई  सुझाब सम्झी  सच्चाउदै अगाडी बढ्ने  बताएका थिए । आर्थिक प्रतिवेदन बारे पार्षदले राखेका जिज्ञाषालाई कोषाध्यक्ष दोर्ण बस्नेतले जानकारी दिएका थिए ।  कतारमा  यो भेला पछी एनआरएनए कतारको अधिवेशनले सबैलाई तताउने पक्का भएको छ । भर्खर बाहिर नदेखिए पनी भित्रि योजना र चुनावलाई कसरी शसक्त बनाउने भनेर भित्र चाहीँ सोच्न थालिसकिएको छ । एनआरएनए कतारको चुनावमा उम्मेदवारहरुले खर्चिने रकम र स्वतस्फुर्त बन्ने पार्षदहरुको मान्यताबारे चर्चा हुन थालेको छ ।  कार्यक्रममा मध्यपुर्व सहसंयोजक पुर्ण केसी , आईसिसी सदस्य उमेश अधिकारी , आईसिसी सल्लाहकार नरेन्द्र भाट , सल्लाहकार संयोजक गुरुनारायण रानाभाट , एनआरएनएका पुर्वपदाधिकारीहरु देवकाजी डंगोल , बद्री पाण्डे , कमलमणी गुरागाई , सागर नेपाल , बिल गुरुङ्ग , क्रान्ति सिं , संस्थाका सल्लाहकारहरु लगायत पार्षदहरुको उपस्थिती रहेको थियो ।  - See more at: http://www.imagenepalnews.com/news/4001#sthash.F7l649UN.dpuf