Navigation
NRNA Qatar News

कार्यसमिती सदस्य दाहालको असामाहिक निधन

Sep 25, 2023
घनश्याम पराजुली , दोहा । काठमाडौको स्वम्भुमा ट्रकको ठक्कर दिदा दाङ्ग देउखुरीकी शोया दाहालको असामाहिक निधन भएको छ । हिजो बेलुका साझँ  ५ बजे बा ३ ख ३२९५ नम्बरको ट्रकले उनी सवार मोटरसाईकललाई ठक्कर दिएको हो । सडक दुर्घटनामा परी उनी अकालमा ज्यान गएको छ । कतारमा कार्यरत उनी केही महिना पहिला बिदामा नेपाल र्फकेकी थिईन । पुनः कतार आउनका लागी श्रम स्विकृत गरेर र्फकदै गर्दा उनको दुर्घटनमा मृत्यु भएको हो । उनका एक छोरा एक छोरी र श्रीमान छन । मोटरसाईकललाई ठक्कर दिएर सडकमा झरेकी उनलाई  ट्रकले किचेको हो । उनका आफन्तजनले दोषीलाई कारवाही तथा उचित क्षतीपुर्तीको माग राख्दै स्वम्भुमा धर्ना दिएका छन । घटनाको छानविन गरि दोषीलाई कारवाही सहित प्रक्रिया अनुरुप क्षतिपुर्ती नपाएसम्म उनको शव नबुझ्ने बताईएको दाङ्ग देउखुरी सेवा समाज कतारका महासचिव श्याम डिसीले ईमेजनेपाल न्युजलाई जानकारी दिए ।  दाहाल गैर आवासिय नेपाली संघ राष्ट्रिय सम्वन्य परिषद कतारकी कार्यसमिती सदस्य तथा दाङ्ग देउखुरी सेवा समाजकी बरिष्ठ सल्लाहकार समेत रहेकी थिईन । उनको दुखद निधनले कतारका संघ संस्थाहरु स्तब्ध बनेकाछन । एनआरएनए कतार र दाङ्ग देउखुरी सेवा समाजले सामाजिक सन्जाल मार्फत दोषीलाई तत्काल  कानुनी दायरामा ल्याई कारवाही गर्न तथा पिडीत परिवारलाई क्षतिपुर्ती दिलाउन माग गरेको छ । उनी कतारका सामाजिक क्रियाकलापहरुमा सक्रिय रहदै आईरहेकी थिईन ।