Navigation
NRNA Qatar News

कतारमा खुल्ला रक्तदान शिविर हुदै ।

Sep 25, 2023
ईमेज नेपाल न्यूज संवाददाता ,दोहा । विगत बर्षहरु जस्तै यसपटक पनि एनआरएनए एनसीसी कतारको संयोजन तथा हमद मेडिकल कर्पोरेसन ब्लड डोनर सेन्टरको सहयोगमा आगामी १३ मार्च २०१५ का दिन संयुक्त रक्तदान शिवर हुने भएको छ । कतारमा कार्यरत  इच्छुक नेपालीहरु रक्तदाता  शिविरमा सहभागी हुन सक्नेछन ।रक्तदानका लागी  कतारी परिचय पत्र वा ड्राइभिङ लाइसेन्स वा हेल्थ कार्ड अनिवार्य देखाउनु पर्नेछ ।  ६ महिना  पहिले कतार प्रवेश गरेको हुनुपर्नेछ । रक्तदानका लागी  अघिल्लो पटक रक्तदान गरेको २ महिना पुरा भएको हुनुपर्नेछ । रगत दिनका लागी एन्टीबायोटिक तथा अन्य औषधी सेवन नगरेको, २४ घण्टा भित्र मदिरापान नगरेको हुनुपर्ने बताईएको छ । अनिन्द्रा तथा खालि पेटमा समेत रगत दिन नहुने , रक्तचाप तथा अन्य मापदण्ड रक्त संकलन टोलिले निर्धारण गरे बमोजिम हुने एनआरएनए कतारले जानकारी दिएको छ  ।हमद हस्पिटलको रक्त संकलन केन्द्रमा आयोजना गरिएको उक्त शिविरमा बिहान ८ बजे देखी रक्तदान गर्न सकिनेछ । कतारमा कार्यरत नेपाली कामदारहरुलाई सहभागीताको लागी एनआरएन कतारले आवहन गरेको छ ।त्यस्तै एनआरएनए कतारको संयोजकत्वमा कतारमा क्रियाशिल विभिन्न संघसंस्थाहरुले उक्त शिविरमा आयोजकको भुमिकामा सहभागिता रहने जानकारी गराईएको छ । कतारमा स्थापित संघ संस्थाहरुमा नेपाली जनसम्पर्क समिती , प्रवासी नेपाली मन्च , नेपाल पत्रकार महासंघ कतार शाखा , नेपाल इन्जिनियर्स एसोसियसन  , नेपाली प्रवासी आदिवासी जनजाती महासंघ  , खस क्षेत्री सेवा समाज , स्याङ्गजा सहयोग समाज , मोरङ्गसुनसरी सेवा समाज , प्रवासी झापाली सम्पर्क मन्च ,गुल्मी सेवा समाज , अर्घाखाची सेवा समाज , म्याग्दी सेवा समाज , पाचथर सेवा समाज , सिराहा सेवा समिती , पर्वत युवा सेवा समाज , ईलाम सेवा समाज , कास्की आदर्श सेवा समाज , चितवन युवा समुह , खोटाङ्ग सेवा समाज लगायतका संस्थाहरु रक्तदानमा सहभागीता हुनेछन ।