Navigation
NRNA Qatar News

चेपाङ संरक्षण केन्द्रलाई कतारवाट दुई लाख १२ हजार सहयोग

Sep 25, 2023
 
रत्ननगर–१० मंगलपुरमा रहेको गामवेसीको चेपाङ संरक्षण केन्द्रलाई कतारवाट दुई लाख १२ हजार आर्थिक सहयोग भएको छ । गैरआवासीय नेपालीसंघ अन्र्तराट्रिय समन्वय समितिको विषेश सहयोगमा मध्यपूर्व उपसंयोजक पूर्णकेसी पत्रकार तथा इमेज नेपाल न्यूज अनलाईनका सम्पादक घनश्याम पराजुलीकोे पहलमा कतारमा कार्यरत नेपालीहरु वाट संकलन गरिएको सो रकम केन्द्रलाई सहयोग गरिएको हो । एनआरएन च्यारेटी फण्ड मार्फत प्राप्त भएको सो रकम केन्द्रको कम्पाउण्ड सहितको सात कोठे भवन निर्माण गर्दा लागेको ऋण तिर्न खर्च गरिने केन्द्रका अध्यक्ष केपिकिरण शर्माले जानकारी दिनुभयो । केन्द्रको भवन निर्माण गर्दा २८ लाख ५० हजार रकम खर्च भएको थियो । केन्द्रलाई सभासद एकनाथ ढकालबाट ८ लाख ७० हजार,अमेरिकामा बस्ने विकासराज न्यौपानेको पहलमा १ लाख ८५ हजार,जापानमा बस्ने दीपक नेपालको पहलमा २ लाख १० हजार,एनआरएनका निर्वतमान अध्यक्ष जीवा लामिछाने मार्फत एक लाख र विभिन्न सहयोगीवाट समेत संकलन गरी ऋण तिर्ने काम भईरहेको छ । केन्द्रका बाकी रहेको भवनको दुई लाख ऋण चुक्ता गरेपछि अक्षय कोष स्थापना गरी केन्द्रमा आश्रित वालवालिकालाई दीगो व्यवस्थापनको काम सुरु गरिने केन्द्रका अध्यक्ष शर्माले बताउनुभयो । केन्द्रमा चितवन र मकवानपुरका ७७ जना विपन्न चेपाङ विद्यार्थी आश्रित छन ।