Navigation
NRNA Qatar News

एनआरएनए कतारको स्थापना दिवस सम्पन्न मनाईयो ।

Sep 25, 2023
रवि रोषी, दोहा । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद दोहा कतारको १२ औं स्थापना दिवस सम्पन्न भएको छ । आइसीसी अध्यक्ष शेष घलेको प्रमुख आतिथ्यतामा सम्पन सो एक दिवसीय कार्यक्रमका सभपतित्व एनसीसी कतारका अध्यक्ष मक्सुद आलमले गर्नु भएको थियो । विशेष अतिथीको रुपमा आइसीसी उपाध्यक्ष टि.बि. कार्की, आइसीसी महासचिव कुमार पन्त (जर्मनी),  एन आर एन अमेरिकाका प्रथम उपाध्यक्ष लोक तिवारी, एन आर एन एनसीसी साउदी अरबका अध्यक्ष पुरुषोत्तम श्रेष्ठ, एन आर एन बहराइनका अध्यक्ष टंक बस्नेत रहेका थिए । दीप प्रज्वलन सहित केक काटेर सुरुवात गरिएको सो कार्यक्रममा एन आर एन कतारले आफ्नो वर्तमान कार्यकालमा उच्च योगदान दिनुहुने तथा पूर्व कार्यकालमा योगदान दिने केहि व्यत्तित्वहरुलाई सम्मानपत्र प्रदान गरिएको थियो । यसको साथै कतारको प्रतिष्ठित अल अरबी क्लव संग दर्शक प्रदान गरी कार्यक्रम सफल बनाउन योगदान दिने स्वयंसेवक तथा नेपाली फुटबल खेलाडीहरुके प्रतिभालाई उजागर गर्न नेपाली खेलाडीहरुको विभिन्न २४ टिमबीच प्रतिस्पर्धा गराउन योगदान दिने सहयोगी तथा सहभागी खेलाडी तथा सहयोगी संस्थाहरुलाई पनि सोही अवसरमा सम्मान पत्र प्रदान गरिएको थियो । सो अवसरमा कतारका आन्तरिक मामिला मन्त्रालयका जनसम्पर्क अधिकृत फैसल हुदवी, कतार फुटबल एसोसिएसनका इन्चार्ज मोहम्मद उथमान्,  अल अरबी स्पोट्स क्लवका खेल संयोजक जाकरिया अहमद तथा अल अरबी स्पोर्ट्स क्लवलाई पनि सम्मानपत्र प्रदान गरिएको थियो । देशका लागि जति गर्नुपर्ने थियो त्यति गर्न नसकेको बताउँदै अध्यक्ष शेष घलेले यसलाई अब व्यवहारमा उतार्न तिब्रताको साथ लाग्नुपर्ने बताए । हरेक देशमा रहेका एन आर एनले आफु रहेका देशका नागरिकलाई नेपाल भ्रमण तर्फ आकर्षण गर्न सकेमा पर्यटनको विकासमा बढोत्तरी हुने बताए । यसको साथै नेपालमा लगानी गर्न पनि उनीहरुलाई उत्साहित गर्न सकेमा देशको समून्नत विकासमा थप टेवा पुग्ने बताए । देशमा नै रोजगारीको बातावारण सिर्जना गर्ने एन आर एनको मुख्य लक्ष्य रहेको बताउँदै सबैले सबै क्षेत्रबाट सहयोग गर्नुपर्ने कुरा उनले बताए । खाडी मुलुकमा रहने गैर आवासीय नेपालीहरुको कार्यवधि २ बर्षको रहने भएको हुनाले नेपाल सरकारले दक्षिण एसियाली मूलुक बाहेक तेश्रो राष्ट्रमा रहने नेपालीहरुको हकमा सरकारले तय गरेको २ बर्षे अवधिको बिषयमा फेरि पनि गम्भीर रुपमा १८२ दिनलाई नै मान्यता दिनुपर्ने माग राख्ने कुरा महासचिव कुमार पन्तले बताए । एन आर एनसीसी कतारका अध्यक्ष मक्सुद आलमले काठमाण्डौमा एन आर एन बिल्डिंग निर्माणार्थ १२ लाख भन्दा बढि संकलन भैैसकेको जानकारी दिँदै कतारबाट कतारबाट एन आर एनले २० लाखको लक्ष्य लिएको जानकारी दिए । यसको लागि व्यवशायी तथा संघसंस्था संग पनि एन आर एन कतारले अभियान सफल पार्नको लागि पहलकदमी अगाडि बढाउने कुरा बताए । कार्यक्रममा उपस्थित विभिन्न देशका प्रतिनिधि लगायत एन आर एन कतारका उपस्थित सम्पुर्णलाई धन्यवाद व्यक्त गरे । - See more at: http://www.imagenepalnews.com/news/1928#sthash.vLMbeG3P.s9hmHhtX.dpuf