Navigation
NRNA Qatar News

अलअरबी स्पोर्ट क्लब सँग पुन आपसी समझदारि

Sep 25, 2023
गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारले कतारको प्रसिद्ध स्पोर्ट क्लब अलअरबी स्पोर्ट क्लब सँग पुन आपसी समझदारि गरेकोछ । विगत केहि बर्ष देखि निरन्तर आपसी सहकार्य गरि कतारबासी खेलप्रेमि नेपालीहरुलाई निशुल्क खेल हेर्ने अवसर प्रदान गर्नुका साथै विभिन्न अवसरहरु उपलब्ध गराउदै आएको एनआरएनए एनसीसी कतारले अलअरबी क्लबललाई दर्शक उपस्थित गराएर सहयोग गरिरहेकोछ । यसका साथै नेपाली खेलाडीहरुको खेल प्रतिभालाई प्रबद्धन गर्ने एनआरएनकप आयोजना लगायतका कार्यक्रमहरुमा पनि अलअरबी क्लबले उल्लेख्य सहयोग गरिरहेकोछ । समझदारी पत्रमा एनआरएनए एनसीसीको तर्फबाट अध्यक्ष मक्सुद आलमले तथा अलअरबी क्लबको तर्फबाट प्रबन्धक अब्दुल्ला अल नयमाले हस्ताक्षर गर्नुभएको थियो । समझदारी अनुसार अलअरबी क्लबले विभिन्न कार्यक्रमहरुमा एनसीसी मार्फत नेपाली समुदायलाई सहयोग गर्नेछ भने एनसीसीले अलअरबीका खेलहरुमा दर्शक उपस्थित गराएर सहयोग गर्नु पर्नेछ ।