Navigation
NRNA Qatar News

कतारमा देउसी भैलो र नेपाल सम्बतका कार्यक्रमको रौनक

Sep 25, 2023
खगेन्द्र कार्की कतार । विगतका वर्ष झै यस वर्ष पनि दिपावली २०१४ को पावन अवसरमा गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारको संयोजनमा आयोजित सामूहिक शुभकामना तथा द्यौसी भैलो कार्यक्रममा सम्पन्न गरेको छ । २४ अक्टोबर २०१४ का दिन अयोजित सो कार्यक्रममा खस क्षेत्री सेवा समाजमोरङसुनसरी सेवा समाज कतार, गुल्मी सेवा समाज कतार, अर्घाखाँची सेवा समाज कतार, नेपाली कला केन्द्र, स्याङ्जा सेवा समाज, म्याग्दी सेवा समाज, कतार नेपाली एकता समाज, प्रवासी झापाली सम्पर्क मञ्च, कास्की आदर्श सेवा समाज, तनहुँ सेवा समाज, पाँचथर सेवा समाज, पाल्पाली सेवा समाज, दाङदेउखुरी सेवा समाज, माझी सेवा समाज, किराँत राई यायोख्या, समाज सेवा अभियान रुपन्देही कतारका पदाधिकारीहरुको सहभागितामा कतारस्थित नेपाली नियोगको प्राङ्गणमा सो कार्यक्रम भव्यतापूर्वक सम्पन्न भएको हो । कतारस्थित नेपाली कार्यवहाक राजदुत गणेशप्रसाद ढकालको प्रमुख आतिथ्यतामा आयोजित सो कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष मक्सुद आलमले गरेका थिए । एनआरएनए आईसीसी सल्लाहकार, एनसीसी सल्लाहकारलगायतको आतिथ्यता रहेको सो कार्यक्रममा नेपाली कला केन्द्रका कलाकारहरुको साथ र सहयोग रहेको थियो । संस्थाका महासचिव विनोदप्रसाद भट्टराईद्वारा सञ्चालित सो कार्यक्रममा संस्थाका अध्यक्षले स्वागत मन्तव्य राखेका थिए भने प्रमुख अतिथि ढकालले शुभकामना मन्तव्य दिएका थिए । यसैगरी, शुभ दिपावलीका अवसरमा प्रवासी नेपाली मञ्च र मञ्चकै भातृ सांस्कृतिक भातृ संगठन जनसंगीत मञ्च कतारलेकतारका व्यवसायी, बुद्धिजीविहरुको घरआँगनमा द्यौसी भैलो कार्यक्रमको आयोजना गरेको छ । प्रदीप झाको घरबाट सुरु भएको सो द्यौसी भैलो कार्यक्रम उमेश अधिकारी, चुडामणी कार्की, सागर नेपाल, बद्री पाण्डे, नरन्द्र भाट, महेन्द्र चौगालागाई, पूर्ण केसी, कमलमणी गुरागाई हुँदै २४ अक्टोबर राति टिबी कार्कीको घरबाट समापन भएको संस्थाका उपाध्यक्ष चानक पोखरेलले बताए । सो द्यौसी भैलो कार्यक्रममा संस्था, भातृ संस्थालगायत नेकपा एमालेमा आवद्ध तथा समर्थकहरुको ठूलो टोली घरघरमा उत्साहित मनले पुगेका थिए । यसैगरी नेवा पुचः कतारले नेपाल सम्बत ११३५ को अवसरमा एक भव्य कार्यक्रम गरी आफ्नो संस्कार र संस्कृतिलाई प्रवासमा जोगाउने अभियानमा निरन्तर अगाडि बढेको छ । ओसिस होटलमा २४ अक्टोबर २०१४ का दिन आोजित सो कार्यक्रममा कार्यवहाक राजदुत गणेशप्रसाद ढकालको प्रमुख आतिथ्यता तथा गैर आवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद्का उपाध्यक्ष टिबी कार्कीको विशेष आतिथ्यतामा आयोजित सो कार्यक्रममा विभिन्न संघसंस्था, बुद्धिजीवि, व्यवसायी, समाजसेवीहरुको उपस्थिति रहेको थियो । सो कार्यक्रममा संस्थाका अध्यक्ष किशोर महर्जनले सभापतित्व गरेका थिए । - See more at: http://www.imagenepalnews.com/news/972#sthash.MHmDemCe.dpuf