Navigation
Global News

एनआरएन कपको विजेता टिमलाई २ लाख बराबरको पुरस्कार

Sep 25, 2023
चिरन्जिबी तिम्सिना कतार  - गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारले अयोजना गरेको एनआरएन कप २०१४ भव्य र सभ्य कार्यक्रमकाबीच अलअरबी स्पोर्टस् क्लबको खेलमैदानमा सम्पन्न भएको छ । १९ सेप्टेम्बर २०१४ का दिन राष्ट्रिय तथा स्थानीय कलाकारहरुको सांगीतिक तामझामले भरिभराउ सो स्टेडियममा आयोजित सो एनआरएन कपको उपाधि मेचिकाली जनजागृति युवा क्लबले हात पार्दै करिब २ लाख बढीको राशिसहि कप, पदक र प्रमाणपत्र प्राप्त गरेको छ । जसको  उपाधि हासिल गर्न "नारायणगोपाल आई ए एफ फुटवल टिम" लाइ शुन्यको बिरुद्द तिन गोल लगाउदै  "मेचिकाली जनजागृति फुटवल टिम" प्रथम उपाधि हासिल गर्न सफल भएको छ ।
      कतारको इतिहासमै सस्थाहरुको माउ सस्था मानिने एन आर एन ए कतार लामो समय देखि कतारबासी नेपालीहरुका हितका लागि बिभिन्न कार्याक्रम तथा जनचेतनामूलक कार्यक्रम गर्दै नेपाल र नेपालीको हितका निमित्त सांगीतिक कार्यक्रम, भलिबल, फूडबल, तथा भिभिन्न किसिमका तालिमहरुको आयोजना गर्दै आइरहेको छ भने विश्व समू नेपाल लाइ खेलकुद जगत मार्फत पनि चिनाउने हेतुले कतारमा रहेका विभिन्न स्टुडियमहरु सग सहकार्य गरि कतार बसी नेपालीहरुलाई निशुल्क खेल प्रदर्सन गर्दै र गराउदै आइरहेको छ |
      यसपटक पनि नेपालका ख्यातिप्राप्त हास्य कलाकार विल्सन विक्रम राई (तक्मे बुदो) चर्चित चर्चित  गायिका जुनु रिजाल काफ्ले, ताचार्चित लोक गाइका देविका केसी, चर्चित गायक तुलसी पराजुली तथा स्थानीय कलाकारहरुका साथमा भव्यताका साथ कार्यक्रम समापन भयको थियो | यसैगरी स्थानीय कलाकार हरु तथा रास्ट्रिय कलाकार हरुको घमासान ढोहोरी तक्मे बुदोको नाइनटिन फोउनटिनको कथा हस्याद्पद गजल, जुनु रिजालको मन्त्र मुघ्ध सुमधुर संगीत तथा तुलसी पराजुलीको चोटिलो आवाज ले अल अरबी स्पोर्ट्स क्लब भरिनै पूर्ण रौनकता छायाको थियो भने करिब १४ हजार जनाको उपस्थीतिको तालीको कारण सबैको ताली मार्फत पनि रौनकता छाएको थियो l लामो समय देखि चलिरहेको एनआरएन कप फुटवल प्रतियोगिता २०१४ को पहिलो संस्करणको पुरस्कार वितरण प्रमुख अथितीका रुपमा नेपाली राजदुताबास कतारका प्रतिनिधि, अलअरबी क्लबका प्रमुख साथै एनआरएन एन सी सी कतारका अध्यक्ष  मक्सुद आलम, का साथै उपस्थित विषेश  व्यक्तित्वहरुमा पूर्ण के सी, आर के शर्मा उमेश अधिकारी टुकराज अर्याल लगायतका संघ सस्थाका विभिन्न बिशिस्ठ व्यक्ति हरु द्वारा पुरस्कार तथा ट्रफी वितरण गरियको थियो ।
      "मेचिकाली जनजागृति फुटवल टिम"प्रथम पुरस्कार कतारी रियल १० हजार ( करिब रु दुई लाख सत्तरी हजार ) बराबर को नगद पुरस्कार  साथै ट्रफी हासिल गर्न सफल भएको छ l
      "नारायणगोपाल आईएएफ फुटवल टिम" दोस्रो पुरस्कार कतारी रियल ५ हजार ( करिब रु १ लाख २५  हजार )  बराबरको नगद पुरस्कार  र ट्रफी  लिन सफल भएको छ भने  तेस्रो स्थान हासिल गरि कतारी रियल ३ हजार ( करिब रु ८०  हजार ) र ट्रफी प्राप्त  गर्न सफल भएको छ "मकालु ब्ल्याक क्याट फुडबल टिम" |  सो प्रतियोगितामा मेचिकाली जनजागृति फुटवल टिमले नारायणगोपाल आईएएफ फुटवल टिमलाई ३ - ० पराजित गरेको छ l  अलअरवी क्लवको स्टेडियममा सम्पन्न भएको फाईनल खेलमा मेचिकाली जनजागृति टिमका जर्सी नम्बर १६ का सन्दीप तामाङ एक्लैले २ गोल गरेका थिए भने जर्सी नम्बर १७ का लाक्पा शेर्पाले १ गोल गरि बिजय हासिल गरेका हुन् |
 उक्त खेलमाको म्यान अफ द म्याच मेचिकाली जनजागृतिका जर्सी नम्बर १० का महेश तामाङ घोसित भएका छन् | भने धेरै गोल गर्दै बेस्ट स्कोरर अवार्ड मकालु ब्ल्याक क्याट टीमका मनोज शाहीले प्राप्त गरे |  बेस्ट प्लेयर ओफ द टुर्नामेन्ट अवार्ड मेची काली जनजागृतिका बाबुल हस्त र  बेस्ट गोलकिपर को अवार्ड मेची काली जनजागृतिकै जितेन्द्र बि के ले प्राप्त गरेका छन् ।
      निकै नै प्रतिस्पर्धात्मक खेलको पहिलो हापमा दुवै टोलीले केहि राम्रो आक्रमण गरे पनि गोल गर्न भने सकेका थिएनन तर खेलको दोस्रो हापमा आक्रमक रुपमा देखिएको मेचिकाली जनजागृतिलाई खेलको ४८ औ मिनेट मा जर्सी नम्बर १७ का लाक्पा शेर्पाले गोल गर्दै अग्रता दिलाएका थिए l त्यस पश्चात केहि समालिएको नारायणगोपाल आईएएफ टिमलाई दबाबमा राख्दै मेचिकाली जनजागृतिका जर्सी नम्बर १६ का सन्दीप तामाङ ६५ गोल गरे भने र ८७ औ मिनेटमा फेरी उनै जर्सी नम्बर १६ का सन्दीप तामाङले नै गोल गर्दै ० का बिरुद्द ३ गोल लगाए l फाइनलमा खेलको  दोस्रो हाफबाट खेलमा नैरास्यता मा रहेको कारण नारायणगोपाल आईएएफ फुटवल टिम सुनौलो अबसर खेर खेरफाली  उपाधि चुम्ने अबशर गुमाउन पुगेको हो l
      गैरआवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको आयोजनामा संचालन भईरहेको एनआरएन कप फुटवल प्रतियोगिता २०१४ मा रास्ट्रिय कलाकारहरुका साथमा भव्यताका साथ समापन भएको छ |
- See more at: http://www.imagenepalnews.com/news/253?fb_action_ids=823183441049829&fb_action_types=og.likes#sthash.Ip3lGvXA.dpuf