Navigation
NRNA Qatar News

एनआरएनए कतारको सल्लहकार संयोजकमा रानाभाट

Sep 25, 2023
गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारले आफ्ना विभिन्न गतिविधिहरुलाई जारी राखेकोछ । यसै क्रममा संघको ७ फेब्रवरीका दिन बसेको बैठकले सल्लाहकार संयोजक अमृत गुरुङले आइसीसी को ओप्ट मेम्बरमा मनोनित भएको कारण दिनुभएको राजिनामालाई स्विकृत गर्दै गुरुनारायण रानाभाटलाई सल्लाहकार संयोजक पदमा मनोनयन गरेकोछ । त्यसै गरि सल्लहकार बिल गुरुङले समेत सो पदमा रहन अस्विकार गर्नु भए पश्चात रिक्त २ सल्लाहकार सदस्य पदमा चुडामणि कार्की र जंग प्रसाद गुरुङलाई मनोनयन गरेकोछ । त्यसै गरि निर्देशिका संसोधन समितिको संयोजकमा निवर्तमान महासचिव क्रान्ति सिंहलाई मनोनयन गरेकोछ । एनआरएनए एनसीसी कतारको सोहि बैठकले युएइमा मृत्यूदण्डको सँजाय सुनाइएका संखुवासभाका अनिष खालिङ राईको जिवन रक्षार्थ आवाश्यक ब्लड मनि संकलन गर्न सहयोग गर्न अभियान संचालन गर्र्न अध्यक्षको संयोजकत्वमा १७ सदस्यीय सहयोग संकलन समिति समेत गठन गरेकोछ । त्यसैगरि एनआरएनए एनसीसी कतार आगामी ७ मार्चका दिन कतारमा स्थापित विभिन्न संघ संस्थाहरुको सहभागितामा खुल्ला रक्तदान कार्यक्रम आयोजना गर्ने निर्णय गर्नुका साथै कतारमा कार्यरत नेपालीहरुका विभिन्न समस्याहरुको समाधानको पहल स्वरुप समसामयिक बिषयहरुमा दुतावास सँग अन्तरक्रिया गर्ने भएकोछ ।