Navigation
Global News

एनआरएन यूरोप सम्मेलन जुलाई २९ र ३० तारिख, लग्जेम्वर्गमा हुने

Sep 25, 2023
लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११ औं युरोप क्षेत्रीय बैठक तथा ९ औं एनआरएन महिला सम्मेलन जुलाई अन्तिम साता लग्जेम्वर्गमा हुने भएको छ । गैरआवासीय नेपाली संघ यूरोप क्षेत्रीय उपसंयोजक एकराज गिरीका अनुसार आइतवार सम्पन्न युरोपस्थित संघका पदाधिकारी र केन्द्रीय पदाधिकारी बीचको वैठकले सो वैठकको मितितय गरेको हो । बैठकलाई सम्वोधन गर्दै संघका अध्यक्ष भवन भट्टले सन् २०१८/१९ वर्षलाई लगानी वर्षको रुपमा मनाउने तयारी भैरहेको जानकारी दिए । बैठकमा उपाध्यक्ष कुमार पन्तले नेपालमा गैरआवासीय नेपालीहरुको लगानीको विषयमा वोल्दै अगामी दिनमा नेपालमा लगानी भित्राउन संघले सकृय भूमिका निर्वाह गर्नु पर्नेमा जोड दिए । वैठकले युरोप संयोजक शिव बरुवालको संयोजकत्वमा एक वैठक तयारी समिति समेत गठन गरेको छ । युरोपस्थित २० भन्दा बढी राष्ट्रिय समितिका पदाधिकारीले भाग लिएको सो वैठकमा महासचिव डा. बद्री केसी, उपाध्यक्ष कुल आचार्य, सचिव जानकी गुरुङ्ग, सहकोषाध्यक्ष सोम सापकोटा लगायतले आआफ्ना भनाईहरु राखेका थिए । उपसंयोजक एकराज गिरीले संचालन गरेको बैठकमा अर्का उपसंयोजक गोविन्द गौतमले समेत आफ्ना भनाईहरु राखेका थिए । सो बैठकमा अध्यक्ष शेष घले, एनआरएन संस्थापक अध्यक्ष एवं संरक्षकहरु उपेन्द्र महतो, जीवा लामिछाने तथा नेपाल उद्योग वाणिज्य महासंघका भवानी राना लगायतको उपस्थिती रहने अपेक्षा गरिएको छ । बैठकमा एनआरएन युरोप क्षेत्रका २७ वटा मुलुकका प्रतिनिधि सहभागी हुने छन्। दुई दिन सम्म चल्ने वैठकमा भूकम्पपछिको पुनः निर्माण, नेपालमा व्यापार तथा लगानी अभिवृद्धि, एनआरएन नागरिकता लगायतका विषयमा छलफल हुनेछन्। गैरआवासीय नेपाली पत्रकारहरुको छुट्टै भेला हुने विदेशस्थित विभिन्न देशमा रहेर कलम चलाउने नेपाली पत्रकारहरुको भेला हुने भएको छ । संघको मिडिया तथा प्रकाशन समितिको आइतवार बसेको बैठकले सो भेला पनि जुलाईको अन्तिम साता लग्जेम्वर्गमा गर्ने निर्णय गरेको हो । प्रवक्ता भूषण घिमिरेको अध्यक्षतामा बसेको बैठकले एनआरएन यूरोपियन वैठकसंगै मिलाएर सोही मितिमा गैरआवासीय नेपाली पत्रकारहरुको पहिलो विश्वसम्मेलन गर्ने निर्णय गरेको छ ।