Navigation
Global News

एनआरएनएले प्रवासमा रहेका नेपाली पत्रकार समेटदै

Sep 25, 2023
गैरआवासीय नेपाली संघले प्रवासमा रहेका नेपाली पत्रकारहरूलाई संस्थाको कार्यसम्पादन तथा गैरआवासीय नेपालीहरूको गतिविधिमा सक्रिय गराउन पहल सुरू गरेको छ ।संघको आईतबार वसेको बैठकले विभिन्न मुलुकमा सक्रिय पत्रकारहरूलाई मिडिया तथा पब्लिकेशन समिति निर्माण गरेर संगठित गरेको जनाएको छ । संघका प्रवक्ता भूषण घिमिरेले गैरआवासीय अभियानलाई थप उचाइ प्रदान गर्न आवश्यक सहयोग प्रदान गर्न भन्दै तत्काल १५ जना सदस्य रहेको समिति चयन भएको जानकारी दिए । गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद वैठकले प्रवक्ता भूषण घिमिरे संयोजक रहने गरि हेमन्त काफ्ले-अष्ट्रेलिया, विजय घिमिरे-अमेरिका र चिरन शर्मा- बेलायतलाई समितिको सहसंयोजक तोकेको छ । यस्तै सदस्यहरूमा डिल्ली ढकाल-अष्ट्रेलिया, बुध्दिसागर घिमिरे-न्यूजिल्याण्ड, रामचन्द्र गिरी-मलेसिया, किसन राई- हङकङ, आनन्द कोइराला-जापान, दिल कुमार श्रेष्ठ र नवराज विक-कतार, मेघराज सापकोटा- युएइ, शुक्र लामा- साउदी अरेबिया, बसन्त रानाभाट-स्पेन, फणिन्द्र भट्टराई र प्रजय शुक्ला- बेलायत, होमप्रसाद लम्साल र आङ छिरिङ शेर्पा- अमेरिका तथा गोकुल लामिछाने-क्यानडालाई चयन गरेको छ ।