Navigation
Global News

डा स्वर्णीम वाग्लेलाइ NRNA अध्यक्ष डा घलेद्धारा हार्दिक बधाई

Sep 25, 2023
हार्दिक शुभकामना तथा बधाई राष्ट्रिय योजना आयोगकको उपाध्यक्ष जस्तो गरिमामय पदमा डा. स्वर्णीम वाग्ले चयन हुनु भएकोमा संघका अध्यक्ष डा. शेष घलले आफ्नो व्यक्तिगत र  संघको तर्फबाट हार्दिक बधाई ज्ञापन गर्नु भएको छ । गैरआवासीय नेपाली संघले विश्वभरी छरिएर रहेका नेपालीहरुलाई संगठित गर्दै नेपालको सामाजिक र आर्थिक रुपान्तरणमा नेपाल सरकार र सरोकारवालाहरुसंग समन्वय र सहकार्य गर्दै आएको व्यहोरा आफ्नो पत्रमा उल्लेख गर्नु भएको छ । साथै पत्रमा उहाँले संघको राष्ट्र निर्माणमा योगदान पुर्‍याउने उद्देश्यलाई उहाँको  मार्गदर्शनले अझ बढी सार्थक बनाउने छ भन्ने विश्वास प्रकट गर्नु भएको छ । नेपाल सरकारद्वारा जारी गरिएको गैरआवासीय नेपाली सम्बन्धि ऐन २०६४ बमोजिम राष्ट्रिय योजना आयोगका माननीय उपाध्यक्षको अध्यक्षतामा गैरआवासीय नेपाली सल्लाहकार बोर्ड गठन गरिएको र जसमा अर्थ, उद्योग, कानुन तथा न्याय तथा परराष्ट्र मन्त्रालयका सचिवहरु तथा नेपाल उद्योग वाणिज्य महासंघ र गैरआवासीय नेपाली संघका अध्यक्षहरु सदस्य रहेको पनि जानकारी गराउनु भएको छ । साथै उहाँको कार्यकालमा गैरआवासीय नेपालीहरुका सरोकारका विषयहरुमा अझ बढी प्रभावकारी रुपमा संबोधन हुने छ भन्ने आशा रहेको बताउँदै गैरआवासीय नेपालीका सरोकारका विषयमा गैरआवासीय नेपाली संघ सदा सहयोग गर्न तत्पर रहेको जानकारी गराउँदै सफल कार्यकालको लागि हार्दिक शुभकामना व्यक्त गर्नु भएको छ । रन्जु थापा वाग्ले पवक्ता गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद मितिः २०७४ श्रावण १९