Navigation
Global News

एनआरएनए प्रमुख संरक्षकमा जीवा लामिछाने नियुक्त

Sep 25, 2023
एनआरएनए प्रमुख संरक्षकमा जीवा लामिछाने नियुक्त एनआरएनए प्रमुख संरक्षकमा जीवा लामिछाने नियुक्त :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
६ मंसिर, काठमाण्डौ । गैरआवासीय नेपाली संघको प्रमुख संरक्षकमा संस्थाका पूर्व अध्यक्ष जीवा लामिछाने नियुक्त हुनुभएको छ । संघको अन्तराष्ट्रिय समन्वय परिषद्को गत १५ नोभेम्बरका दिन बसेको वैठकले संस्थाका प्रमुख संरक्षक, संरक्षक, सल्लाहकार तथा अन्तराष्ट्रिय समन्वय परिषद्का सदस्यहरु मनोनयन गरेको छ । वैठकमा अध्यक्ष शेष घलेले संस्थाको बिधानअनुसार बिभिन्न क्षेत्रीय संयोजकहरुले सिफारिस गरि पठाएका र बिभिन्न क्षेत्रका दिग्गज ब्यक्तित्वहरुको नाम प्रस्ताव गर्नुभएको थियो । बैठकले सवै प्रस्तावहरुलाई बहुमतले पारित गरेको छ । यसैगरी वैठकले संरक्षकहरुमा कुलचन्द्र गौतम, इन्द्रा वन, डा. देवकाजी डंगोल र दिल गुरुङ मनोनयन गरेको छ । यसैगरी वैठकले गैरआवासीय नेपाली संघमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका बिभिन्न क्षेत्रका ११ जना दिग्गज ब्यक्तित्वहरुलाई सल्लाहकारमा नियुक्त गरेको संघले जारी गरेको बिज्ञप्तिमा जनाइएको छ । जसअनुसार डा. हेमराज शर्मा, त्रिलोक गुरुङ, विश्वआर्दश पण्डित, लोकभक्त राणा, कन्हैयालाल श्रेष्ठ, दीपक खड्का, पीजी शेर्पा, चन्द्र रोकाहा, नवराज गुरुङ, पुष्प थापा र एकनाथ खतिवडालाई सल्लाहकार नियुक्त गरिएको छ । वैठकले बिधानअनुसार नियुक्त गर्न सकिने १५ जना मनोनित आईसीसी सदस्यहरु पनि नियुक्त गरेको छ । अमेरिका क्षेत्रबाट सुनिता शर्मा, नविन शेरचन र खगेन्द्र जिसी नियुक्त हुनुभएको छ भने एशिया क्षेत्रबाट भुषण घिमिरे र सोमचाई क्षेत्री । यसैगरी युरोपबाट जयप्रकाश गुरुङ, सोम सापकोटा र जानकी गुरुङ, मध्यपूर्वबाट अस्मिन बेइगम र आरके शर्मा, ओसियानाबाट धर्मराज अधिकारी र जमुना गुरुङ तथा अन्य क्षेत्रबाट ऋषि कँडेल, भोमादेवी लिम्बु र योगेन क्षेत्री नियुक्त हुनुभएको छ । यसैगरी अन्तराष्ट्रिय समन्वय परिषद्को प्रवक्तामा रञ्जु थापा वाग्लेलाई नियुक्त गर्ने भनी नोभेम्बर ३ तारिखको अफिस बियररको वैठकले गरेको निर्णयलाई अनुमोदन गरेको छ । विधान संसोधन समितिको अध्यक्षमा डा. हेमराज शर्मा र बिधान ब्याख्या समितिको अध्यक्षमा कुलचन्द्र गौतमलाई निरन्तरता दिइएको छ । वैठकले नेपालमा आइपरेको मानवीय संकट समाधानका लागि सहयोग गर्न विपत ब्यबस्थापन समिति गठन गरेको छ । अध्यक्ष शेष घलेको अध्यक्षतामा गठित समितिमा कुलचन्द्र गौतम, डा. गणेश गुरुङ, रन्जु वाग्ले, जमुना गुरुङ, डा. भगवान कोइराला र इन्द्रा बन, शिशिर भट्ट र रजनी प्रधान सदस्य रहनुभएको छ । समितिले नाकाबन्दीका कारण नेपाल उत्पन्न मानवीय संकटलाई समाधान गर्न अत्याबश्यक औषधी सहयोग गर्न तदारुकताका साथ कार्य अगाडी बढाउने प्रवक्ता रञ्जु थापाले जारी गरेको बिज्ञप्तिमा उल्लेख छ । - See more at: http://www.onlinekhabar.com/2015/11/353342/#sthash.RMyDBkEe.dpuf