Navigation
Global News

एनआरएनले दिएको औषधि काठमाण्डौका अस्पतालले निःशुल्क वितरण गर्दै

Sep 25, 2023
एनआरएनले दिएको औषधि काठमाण्डौका अस्पतालले निःशुल्क वितरण गर्दै   एनअारएन अध्यक्ष शेष घले स्वास्थ्यमन्त्री रामजनम चौधरीलाई औषधि हस्तान्तरण गर्दै । फाइल तस्वीर । १२, मंसिर, काठमाण्डौ । गैरआवासीय नेपाली संघले दिएका अत्याबश्यक औषधि काठमाण्डौका सरकारी अस्पतालहरुले बिरामीलाई निशुल्क वितरण गर्ने भएका छन् । शुक्रबार बिहान बसेको काठमाण्डौका सरकारी अस्पतालका निर्देशहरुको वैठकले एनआरएनले दिएका औषधि बितरण गर्दा कुनै पनि शुल्क नलिने निर्णय गरेको हो । त्रिभुवन बिश्वबिद्यालय शिक्षण अस्पतालका प्रवक्ता चन्द्रमणि भण्डारीले भने- ‘एनआरएनले दिएको औषधि बिरामीलाई निशुल्क वितरण गर्न र कुनै पनि शुल्क नलिन सवै सरकारी अस्पताल सहमत भएका छन् ।’ गैरआवासीय नेपाली संघले पहिलो चरणमा हालै ३८ लाख रुपैयाँ बराबरको औषधि सरकारलाई हस्तान्तरण गरेको थियो । सो औषधिले काठमाण्डौका मुख्य अस्पतालका ओपीडी, सर्जरी, आईसीयु तथा सीसीयु युनिट संचालनका लागि सहयोग पुग्ने छ । एनआरएनले दिएको औषधि नबेची निशुल्क दिने निर्णयपछि काठमाण्डौका ९ वटा सरकारी अस्पतलामा बिरामीलेले निशुल्क औषधि पाउनेछन् । जसमा बीर अस्पताल, शिक्षण अस्पताल, सहिद गंगालाल हृदय रोग केन्द्र, सिभिल अस्पताल, पाटन अस्पताल, वीपी कोइराला लायन्स सेन्टर र प्रसुती गृहले एनआरएनले दिएका औषधी बाँडेर लिएका छन् । गैरआवासीय नेपाली संघले तत्कालका लागि एक महिनाका लागि पुग्ने अत्याबश्यक औषधि दिने तयारी थालेको छ । खरिद गरिएका औषधि नेपाल नआइपुगेका कारण एनआरएनले पहिलो चरणमा ३८ लाखको औषधि दिएको थियो । केही दिनमै अर्को चरणको औषधि दिने बताइएको छ । - See more at: http://www.onlinekhabar.com/2015/11/355757/#sthash.UDlPeYaD.dpuf